पर्यटकको पर्खाइमा गलकोटको समपोखरा ताल

पर्यटकको पर्खाइमा गलकोटको समपोखरा ताल
गलकोट नगरपालिका वडा नम्बर ३ मा रहेको आकर्षक समपोखरा ताल । तस्बिर :अर्जुन कार्की
सुन्नुहोस्

बागलुङ :पर्यटकीय सम्भावना बोकेको गलकोट नगरपालिका–३ हटियाको सामपोखरामा रहेको  ‘समपोखरा ताल’ संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ । पानीका मुहानको प्रमुख स्रोत रहेको समपोखरा ताल कालीदह प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा ओझेलमा परेको हो ।

हटिया बजारदेखि करिब सात किलोमिटर माथिको समथर ठाउँमा रहेको ताल ५० मिटर लम्बाई र १५ मिटर चौडाई क्षेत्रमा फैलिएको छ । ताल समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाईमा छ ।  तालको संरक्षण नहुँदा पुरिने र क्षेत्रफल घट्दै जान थालेको स्थानीय सन्त बहादुर खत्रीले बताए ।

 ‘पहिले– पहिले तालले एक मान्छे डुब्याउँथ्यो,'उनले भने,‘अहिले भलजति सबै यसमा पर्दा कम्मर कम्मर पानी आउँछ ।’ खत्रीले संरक्षणको अभावले तालमा पानी कम हुँदा ताल तल रहेका पानीका मुल सक्ने तथा पानी कम आउने गरेको बताए ।

स्थानीय दर्जीले पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटकीय दृष्टिले महत्व बोकेको तालको संरक्षण तथा प्रचार प्रसार हुन नसकेको बताए । गलकोत मन्दिरदेखि दुई किलो मिटरको दुरी रहेको ताल समपोखरा वरपरको जंगलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो हो ।

वडा कार्यालयले तालको मौलिकता नमासिने र मुल क्षति नपुग्ने गरी त्यसको क्षेत्रफल वृद्धि तथा संरक्षणको लागि आवश्यक संरचना तयारको योजना बनाइरहेको गलकोट नगरपालिका–३ का वडाध्यक्ष फमबहादुर खत्रीले बताए । ‘तालमा पानीको स्रोत ताल भित्र कै मुल हुन,’वडा अध्यक्ष खत्रीले भने,‘बाहिरबाट पानी सिञ्चाई गरिएको छैन । मुलको क्षति नपुग्ने गरी क्षेत्रफल वृद्धि तथा संरक्षणको लागि आवश्यक संरचना निर्माणको तयारी गरिरहेका छौं ।’

वडा अध्यक्ष खत्रीको राज्यले प्राकृतिक सम्पादनको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने भनाई छ । उनले ताल प्रकृतिको अनुपम उपहार भएकोले पर्यटकलाई कृतिम तालमा रमाउने र प्राकृतिक ताल देखाउने योजना रहेको बताए । 

आसपासका गाउँका युवाहरूका लागि वनभोज स्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने वडा अध्यक्ष खत्री बताए ।
ताल वरीपरी सल्लाको जंगल वृद्धि हुँदा पानीको स्रोतमा समस्या हुँदै गएको स्थानीयवासी जयबहादुर दर्जीको भनाई छ । सल्लाको रुखले पानीको मुललाई असर गरेको हुन सक्ने दर्जीको आँकलन छ । उक्त ताल हिउँदको समयमा पनि सुक्खा हुँदैन । पानीको आन्तरिक स्रोतले नै ताल बनेको छ ।

तालको उत्तरपट्टि भट्ट बहाको मन्दिर छ । यो ताल क्षेत्रमा द्वन्द सुरु हुनुपूर्व चैतेदशैंमा ठुलो मेला लाग्ने गरेको थियो । द्वन्दको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न नसकिएको खत्री बताए । समपोखरा ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ । परापूर्वकालमा यस क्षेत्रमा देवी देवताको आश्रयस्थल रहेको स्थानीयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.