मोरङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर राति ११ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकल चालक धनपालथान गाउँपालिका–७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पुलमुनि खसेर घाइते भएको अवस्थामा यादवलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो।

गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताए। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.