क्षयरोग लुकाएर बस्छन् बिरामी

क्षयरोग लुकाएर बस्छन् बिरामी
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरामा यो वर्ष ७४ जनामा क्षयरोग भेटिएको छ। अझै कतिपय क्षयरोग भएका मानिसहरू जानेर वा नजानेर खुल्न सकेका छैनन्। 

क्षयरोग लुकाएर बसेका छन्। उनीहरू आफूलाई  क्षयरोग लागेको छ भन्ने कुरा जानकारी पाउन नसक्दा लुकेका हुन्। डडेल्धुरामा पनि क्षयरोगका बिरामी रोग लुकाएर बसेका छन्। क्षयरोग निवारण केन्द्रले गरेको सर्वेक्षण अनुसार डडेल्धुरामा ३ सय ३१ जना क्षयरोगका बिरामी छन्। 

तर यस आर्थिक वर्षको फागुनसम्म ७४ जना मात्रै क्षयरोगका बिरामी पत्ता लागेका छन्। अझै २ सय ५७ जनामा क्षयरोग हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

स्थानीय पालिकाअनुसार अमरगढी नगरपालिकामा ५९, परशुराम नगरपालिकामा ८५, आलिताल गाउँपालिमा ४३, भागेश्वरमा ३१, अजयमेरुमा ३६, नवदुर्गामा ४५ र गन्यापुधरा गाउँपालिकामा ३२ जनामा संक्रमण पत्ता लगाउन नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरूलाई पत्ता लगाउनका लागि स्थानीय तहले पहल गर्नुपर्ने देखिन्छ। 

क्षयरोग विभिन्न प्रकारका छन्। यो रोग विशेष गरी फोक्सोमा लाग्ने रोग भए पनि यो शरीरका अन्य अंगमा पनि लाग्ने रोग भएको स्वास्थ्य कार्यालय डडेल्धुराका सरुवा रोग नियन्त्रण फोकल व्यक्ति हरिप्रसाद भट्ट बताए। 

क्षयरोग फोक्सोको बाहिरी भाग, लासिका ग्रन्थी , पाचन प्रणाली, पुत्र तथा प्रजनन प्रणाली हाडजोर्नी, मस्तिस्कको बाहिरी झिल्ली, छाला अन्य भागमा पनि लाग्ने गरेको चिकित्सक बताउँछन्।

क्षयरोग माइक्रोबेक्टेरियम ट्यूबरक्लोसिस नामक किटाणुको संक्रमणबाट हुने रोग हो। यसको निःशुल्क उपचार र औषधि पाइन्छ। तरपनि धेरै मानिसहरू यसका बारेमा अनविज्ञ छन्। 

दुर्गम गाउँसम्म क्षयरोगका लक्षणका बिरामी भएपनि उनीहरूको चेकजाँच र परीक्षण हुन नसक्दा लुकेर बस्न बाध्य हुन्छन। समय समयमा क्षयरोग परीक्षणका लागि स्वास्थ्य शिविर आयोजना गरि सर्वसाधारणमा क्षयरोग भए नभएको हेर्नुपर्ने चिकित्सक बताउँछन्। क्षयरोगको संक्रमणका कारण रोगसँग लड्न सक्ने क्षमता कमजोर बनाउने भएकाले अन्य रोगको संक्रमण समेत चाडै हुने गर्दछ। 

यो रोग रगतको सामान्य जाँच, खकार जाँच, पिसाब जाँच, छातिको एक्सरे, पिसिआर विधिबाट पत्ता लगाउन सकिने डडेल्धुरा अस्पतालका मेसु डा चेतराज भट्टले बताए।

डडेल्धुरामा क्षयरोगको संक्रमण गत वर्षको तुलनामा यस वर्ष बढेको पाइएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा क्षयरोगका बिरामीको संख्या बर्सेनि बढिरहेको छ। 

आर्थिक वर्ष २०७७/२०७८ मा डडेल्धुरामा १ सय ३१ मा क्षयरोग देखिएको थियो। गत आर्थिक वर्ष २०७८/२०७९ मा यो संख्या ९ ले बढेर १४० पुग्यो।

चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका कारण दुई जनाको मृत्यु पनि भएको कार्यालयका सरुवा रोग नियन्त्रण फोकल व्यक्ति भट्टले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.