महासंघलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्‍याउँछुः श्रेष्ठ

महासंघलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्‍याउँछुः श्रेष्ठ
सुन्नुहोस्

धनगढी : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफूले संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन कार्य गर्ने बताएका छन्।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले शनिबार धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौं प्रदेश सभाको सफलताको शुभकामना दिँदै आफ्नो नेतृत्वमा व्यवसायीहरूको समस्यारुपी घाउमा मलम लगाउन र पीडामा रहेको व्यवसायलाई उकास्न भूमिका निभाउने बताए।

'अर्थतन्त्र लथालिंग भएको अवस्थामा व्यवसायीका समस्याहरू सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरूको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,' वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले भने, 'करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन्। यस्ता विषयहरूलाई सम्बोधन गर्न भनेर नै मैले विज्ञसहितको टिम तयार गरेको छु।'

श्रेष्ठले सुदुरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह सम्भावना रहेको भन्दै यसलाई विस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताए।

आफ्नो टिमको तर्फबाट जिल्ला नगर तर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोशिएट्स उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार रहेको उनले जानकारी दिए।

उनले आफूले महासंघमा लामो समयदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरू सिक्दै रहेको र अन्य साथिहरूलाई समेत सिकाउँदै आएको बताए।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले व्यवसायीहरूको पीडालाई सम्बोधन गर्नका लागि र लथालिंग अर्थतन्त्रलाई सम्हाल्ने गरी प्लेटफर्म तयार पारेको भन्दै सबैलाई त्यसमा सहकार्य र सहभागी हुन आग्रह गरे।

'मेरो नेतृत्वमा तपाईंहरूलाई संस्थाको हरेक कार्यमा आबद्धता गराउने र अपनत्व दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु, आउनुस् सबै मिलेर सहकार्य गरौं,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.