अब लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति पुन

अब लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति पुन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतत्वको सरकार बन्ने बताएका छन्।

लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आयोजित एक कार्यकम्रमा बोल्दै  सभापति पुनले एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरूले आइतबार नै सर्मथन फिर्ता लिएकाले कांग्रेस नेतत्वको सरकार बन्ने बताएका हुन्।

 सभापति पुनले आइतबार माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएको भन्दै  २/३ दिन भित्र कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीको नेतृत्वमा सरकार बन्ने दाबी गरे। उनले  मुख्यमन्त्री लिला गिरीले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोलिदिनेमा आफू विश्वस्त रहेको बताए।

पुनले ५४ जना सांसदहरूले नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई समर्थन गरेको बताए। ८७ जना प्रदेश सांसद रहेको लुम्बिनी प्रदेशमा कांग्रेसका २७ सांसद छन् । सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.