जीतपुरसिमरा गोल्डकप : रोमाञ्चक जितसँगै मकवानपुर सेमिफाइनलमा

जीतपुरसिमरा गोल्डकप : रोमाञ्चक जितसँगै मकवानपुर सेमिफाइनलमा
म्यान अफ दि म्याच मनिष पौडेल।
सुन्नुहोस्

सिमराः भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा निराश बनाउँदै मकवानपुर ११ जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार भएको रोमाञ्चक खेलमा भरतपुरलाई टाइब्रेकरमा ४–३ ले स्तब्ध पार्दै मकवानपुरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। 

निर्धारित समयमा दुबै टिमले २–२ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुबै टिमले १–१ गोल गर्दै खेल ३–३ को स्थितीमा पुर्याएपछि नतिजा टाइब्रेकरमा निस्किएको हो। 

यता खेल सुरु भएको १० मिनेटमै दुई गोलको अग्रता लिएको मकवानपुरविरुद्ध उत्कृष्ट पुनरागमन गरेको भरतपुर टाइब्रेकरमा भने सफल हुन सकेन। टाइब्रेकरमा भरतपुरका आकाश थापामगरको प्रहार पोष्टमा लागेर फर्किदा टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्यो।सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठ टाइब्रेकरमा सफल देखिए। 

मकवानपुरका लागि संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदीप श्रेष्ठले गोल गरे। अविनाश खड्काको प्रहार भरतपुरका गोलरक्षक मनोज गुरुङले रोकेका थिए। भरतपुरविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मकवानपुर ११ जारी गोल्डकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्दै गर्दा मोफसलका दुई टिमबीचको भिडन्त भने सम्झनलायक बन्यो। 
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको भरतपुरविरुद्ध मकवानपुरले उत्कृष्ट सुरुवात गरेको थियो। मकवानपुरले पहिलो हाफको १० मिनेटभित्रै भरतपुरविरुद्ध २–० को अग्रता लिएको थियो। 

खेलको चौथो मिनेटमा सुजन गुरुङ र १०औं मिनेटमा मनिष पौडेलले आकर्षक गोल गर्दै मकवानपुरलाई सुखद् सुरुवात गराए। कप्तान समेत चितवनका गोलरक्षक मनोज गुरुङको मिस पासलाई सदुपयोग गर्दै सुजनले डिबक्स बाहिरबाट सानदार गोल गरे। त्यसलगत्तै मनिष पौडेलले सेन्टर लाइन नजिकबाट गरेको प्रहारले सिधै जाली चुम्यो। 

उनको एयर बललाई भरतपुरका गोलरक्षकले ठम्याउन सकेनन्। गोलरक्षकको गल्तीका कारण खेलमा दुइ गोलले पछि परेको भरतपुरले ३३औं मिनेटमा गोलअन्तर घटायो। सजिन थापाको फ्रिकिक बलमा भिष्म क्षेत्रीको हेडर गोलपछि भरतपुर लयमा फर्कियो। भरतपुरले पहिलो हाफमा बनाएको केही राम्रा अवसर बनाएपनि सफल हुन सकेन।  

खेलको दोस्रो हाफमा भरतपुरले उत्कृष्ट पुनरागमन गर्यो। सजिन थापाले खेलको ५५औं मिनेटमा बराबरी गोल फकाए। सुनिल श्रेष्ठको पासलाई सदुपयोग गर्दै सजिनले खेल २–२ को स्थितीमा ल्याए। 

भतरपुर आक्रामक बन्दै गर्दा मकवानपुर रक्षात्मक देखियो। खेलको दोस्रो हाफमा भरतपुरले लगातार दवाव सिर्जना गर्दै मकवानपुरविरुद्ध राम्रो अवसर बनायो। तर स्कोर निकाल्न सकेन। 

भरतपुरका सुनिल श्रेष्ठ, भिष्म क्षेत्री र सजिन थापाले गोल गर्ने राम्रा अवसर गुमाए। यता मकवानपुरले पनि केही अवसर खेर फाल्दा निर्धारित समय २–२ को बराबरीमा सकियो। त्यसपछि थपिएको अतिरिक्त ३० मिनेट पनि रोमाञ्चक बन्न पुग्यो। 
अतिरिक्त समयको पाचौं मिनेटमा चितवनका सुधांश चौधरीले आत्मघाती गोल गर्न पुगे। मकवानपुरका संजिव अर्यालले प्रहार गरेको फ्रिकिक बललाई सुधांशले हेडमार्फत क्लियर गर्न गर्न खोज्दा गोल हुन पुगेको थियो। डिफेन्डर र गोलरक्षकबीच तालमेल हुन नसक्दा मकवानपुरले खेलमा ३–२ को अग्रता लियो। 

अतिरिक्त समयको १५औं मिनेटमा भरतपुरका लागि सुनिल श्रेष्ठले गोल गर्दै खेल ३–३ को स्थितीमा ल्याए। सुनिलले सेन्टर लाइनबाट बल अघि बढाउदै डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो। उनको प्रहारलाई मकवानपुरका गोलरक्षक रेनजेङ थिङले बचाउ गर्न सकेनन्। 

निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि मकवानपुरले टाइब्रेकरमा नाटकिय जित हात पार्यो। खेलको म्यान अफ दि म्याच मकवानपुरका मनिष पौडेल घोषित भए। उनले १० हजार नगद प्राप्त गरे। 

प्रतियोगिता अन्तर्गत आइतवार साविक विजेता न्युरोड टिम एनआरटी र वीरगन्ज युनाइटेडबीच खेल हुने। बागमती युवा क्लबलाई पन्छाउदै वीरगन्जले एनआरटीसंगको भेट पक्का गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.