ढोरपाटनमा १२ नाउर र नौं झारलको शिकार हुँदै

ढोरपाटनमा १२ नाउर र नौं झारलको शिकार हुँदै
फाइल तस्बिर।
सुन्नुहोस्

यस वर्षको दोस्रो याम (फागुन–बैशाख)को लागि सात कम्पनीबाट आठ देशका शिकारीहरुले शिकार गर्न लागेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए ।

बागलुङ : नेपालकै एक मात्र शिकार आरक्षमा यस वर्षको दोस्रो याममा १२ नाउर र नौं झारलको शिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीले पेशेवर विदेशी शिकारीलाई आरक्षमा शिकार गराउने भएका हुन् । 

यस वर्षको दोस्रो याम (फागुन–बैशाख)को लागि सात कम्पनीबाट आठ देशका शिकारीहरुले शिकार गर्न लागेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए ।

अधिकृत कंडेलले नेपाल वाईल्ड लाईफ एडभेन्चर, सफारी आउट्फिटरस काठमाडौंबाट युएसएका शिकारीले फागुनेमा १ नाउर र १ झारल, श्री हिमालयन वाईल्डफाईफ आउटफिटर्स काठमाडौंबाट युएसएका शिकारीले बार्सेमा १ नाउरको शिकार गर्ने बताए ।

यस्तै श्री टयाक्स एन ट्रेल्स प्रा.लि. काठमाडौंबाट क्यानडाका शिकारीले गुस्तुङमा १ नाउर र १ झारलको शिकार गर्ने भएका छन् भने श्री ग्लोबल सफारिज नेपाल प्रा.लि. काठमाडौंबाट हंगेरीका शिकारीले गुस्तुङ (रुकुम पूर्व)मा १ नाउर र १ झारल तथा फ्रान्सका शिकारीले सुनदह (रुकुम पूर्व)मा १ नाउ र १ झारलको शिकार गर्ने अनुमति पाएको अधिकृत कंडेलले बताए ।

यस्तै यस वर्ष श्री ओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौंबाट पोर्चुगलका शिकारीले सुनदहमा १ नाउर, श्री नेपाल ट्राभल एक्पेडिसन प्रा.लि. ललितपुरबाट पोल्याडका शिकारीले दोगाडीमा १ नाउर, रसियन शिकारीले दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारल, स्पेनिस शिकारीले वार्सेमा १ नाउर र गुस्तुङमा १ झारल र श्री हिमालयन सफारिस प्रा.लि. काठमाडौंबाट तीन जना अमेरीकाका शिकारीहरुले शिकार गर्ने भएका छन् । उनीहरुले दोगाडीमा १ नाउर र सेङमा १ झारल, सेङमा १ नाउर र सुनदहमा १ झारल, दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारलको शिकार गर्ने अधिकृत कंडेलले  बताए ।

शिकार गर्नको लागि २ जना शिकारीहरु ढोरपाटन आइपुगेको अधिकृत कंडेलले बताए । उनले श्री ओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौं कम्पनीबाट सुनदहमा १ वटा नाउरको शिकारको लागि पोर्चुगलका शिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाईल्डलाईफ आउटफिटर्स, स्युचाटार काठमाडौंबाट बार्सेमा १ नाउरको शिकारको लागि युएसएका चार्ल्स हेरोल्ड वेकल आरक्ष आइपुगेको बताए । अन्य शिकारीहरु आउने क्रम रहेको अधिकृत कंडेलले बताए ।

विभागले अघिल्लो (फागुन) महिना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट शिलबन्दी दरभाउपत्र आव्हान गरेको थियो । यस पटक शिकारीहरुले एउटा नाउरको ५ लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि ३ लाख १० हजार रुपैयाँसम्म राजश्व तिरेको अधिकृत कंडेलले बताए । अघिल्लो (पहिलो) याम (असोज–मङ्सिर) मा एउटा नाउरको २० लाख पाँच हजार र झारलको ६ लाख रुपैयाँ राजश्व बुझाइएको थियो । शिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको शिकार कोटा निर्धारण गरिएपनि सात नाउर र पाँच झारलको मात्र शिकार भएको थियो ।

व्यवस्थित शिकारका लागि यस पटक छ क्षेत्र तोकिएको अधिकृत कंडेलले जानकारी दिए । उनले शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार गराउने गरेको बताए । ‘आवश्यक प्रक्रिया पूरा गरी शिकारीहरु ढोरपाटन आउने क्रम जारी छ,’ अधिकृत कंडेलले भने,‘यो याममा १२ नाउर र नौं झारलको शिकार कोटा छ । सोही अनुसार बैशाखसम्म शिकारीहरुले शिकार गर्नेछन् ।’ चैतको पहिलो सातादेखि शिकार खेल्न शुरु भएको छ ।

शिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक शिकार खुल्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएको कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको अधिकृत कंडेलले भनाइ छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गर्छ । विं सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.