बाजुरामा आएका एमडीजीपी डाक्टर २ महिनामै सरुवा

बाजुरामा आएका एमडीजीपी डाक्टर २ महिनामै सरुवा
सुन्नुहोस्

डाक्टर देवकोटा बाजुरा आएपछि जिल्ला अस्पतालमा कार्यालय प्रमुख बन्ने बारे विवाद सुरु भएको थियो। डाक्टर देवकोटा आउन पहिले मेडिकल अधिकृत्त मिलन जोशी कार्यालय प्रमुख थिए।

बाजुरा : जिल्ला अस्पताल बाजुरामा तीन वर्षपछि आएका एमडीजीपी डाक्टर २ महिना नपुग्दै सरुवा भएर गएका छन्। दुई महिना नबित्दै एमडीजीपी डाक्टर गएपछि जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित हुने भएको छ।

तीन वर्षसम्म जिल्ला अस्पताल बाजुरा एमडीजीपी डाक्टरविहीन रहेको थियो। गत पुसको १४ गते डाक्टर प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर जिल्ला अस्पताल बाजुरामा हाजिर भएका थिए। डाक्टर प्रेरित देवकोटा सरुवा भएर आएको २ महिनामै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २५ गते सरुवा गरेपछि गएका छन्।

डाक्टर देवकोटालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो। डाक्टर देवकोटा सरुवा भएर गएपछि जिल्ला अस्पताल बाजुरा एमडीजीपी चिकित्सकविहीन बनेको छ। ३ वर्षअघि निक साइमन संस्थाको सहयोगमा डाक्टर दुर्गा महर्जनले सेवा दिँदै आएका थिए। महर्जनको सेवा अवधि सकिएपछि तीन वर्ष पहिला छोडेर गएका थिए।

डाक्टर देवकोटा बाजुरा आएपछि जिल्ला अस्पतालमा कार्यालय प्रमुख बन्ने बारे विवाद सुरु भएको थियो। डाक्टर देवकोटा आउन पहिले मेडिकल अधिकृत्त मिलन जोशी कार्यालय प्रमुख थिए। देवकोटा मिलनभन्दा एक तहमाथि भएकाले कार्यालय प्रमुख भए। तर, मिलन जोशी र केही व्यक्तिले देवकोटालाई सरुवा गर्न मन्त्रालयमा राजनीतिकदेखि हरप्रयास गरेका थिए।

देवकोटा कार्यालय प्रमुख भएपछि आफू कार्यालय प्रमुख बन्न मेडिकल अधिकृत्त जोशीले राजनीतिक दबाब दिँदै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की नै देवकोटाको सरुवाका लागि मन्त्रालय गएका समाचार तथा सामाजिक सञ्जालमा आलोचना भएको थियो। आलोचनापछि फागुन ११ गते पत्रकार सम्मेलनमार्फत आफू डाक्टर सरुवाका लागि मन्त्रालय नगएको अध्यक्ष कार्कीले बताएका थिए। पत्रकार सम्मेलनको ठिक १४ दिनपछि डाक्टर देवकोटाको सरुवा पत्र आएको थियो। यो अर्थमा पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्की नै २ महिनामा डाक्टर सरुवा गर्नेमा संलग्न भएको हुन सक्ने पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.