मालुंगामा प्राकृतिक अस्पताल बन्ने

मालुंगामा प्राकृतिक अस्पताल बन्ने
सुन्नुहोस्

स्याङ्जा : गल्याङ् नगरपालिका-१ मालुंगास्थित उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) सञ्चालन गरिने भएको छ। 

प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराउने उद्देश्यले चिकित्सालय भवन निर्माण सुरु गरिएको  कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिए।

‘यस पद्धतिबाट गरिने उपचार केही लामो समय लागे तापनि दीर्घकालीन फाइदा हुने हुँदा प्राकृतिक चिकित्सालय स्थापनाका लागि भवन निर्माण कार्य थालिएको हो,’ उनले भने, ‘तत्कालै उपचार गरिनुपर्ने बिरामी बाहेकका अन्य रोगीका उपचारका लागि यस उपचार पद्धति प्रभावकारी देखिएको छ।’ 

पञ्चतत्व, योग, स्टिमबाथ, फिजियोथेरापी, अकुपञ्चर, मसाज, लगायतका प्राकृतिक उपचार पद्धतिमार्फत बिरामीलाई उपचार गरिने उनले जनाए। जहाँ योग शिविर, धार्मिक अनुष्ठानसहित संस्कृत शिक्षा समेत उपलब्ध हुँदै आएको छ। 

यसै आथिर्क वर्षमा निर्माण कार्य सक्ने गरी सुविधा सम्पन्न भवन र २ करोड १२ लाखको लागतमा झण्डै २४ कोठे सुविधा सम्पन्न भवन निर्माण गरिने भएको हो। कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा भवन बनाइने भएको हो। 

संघीय सरकार र गल्याङ् नगरपालिकाको संयुक्त आयोजनामा निर्माण हुने भवन गल्याङ नगरपालिकाले सञ्चालन गर्ने छ। 

चिकित्सालयको संघीय सांसद धनराज गुरुङले शिलान्यास गर्दै भवनसहित उपचार व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.