वकालतमा भाषा

समाज पहिचान हो, समाज परिचय हो। कुनै पनि समाजको परिचय भनेको त्यो समाजको मौलिक संस्कृति हो। संस्कृतिको मापन भन्नु भाषा हो। भाषा लोप भयो भने त्यस समाजको संस्कृति लोप भएर जान्छ।
समाज पहिचान हो, समाज परिचय हो। कुनै पनि समाजको परिचय भनेको त्यो समाजको मौलिक संस्कृति हो। संस्कृतिको मापन भन्नु भाषा हो। भाषा लोप भयो भने त्यस समाजको संस्कृति लोप भएर जान्छ। संस्कृति लोप हुनु भनेको त्यो समाजको अस्तित्व नरहनु हो। जब समाजको अस्तित्व धरापमा पर्छ, तब समाज अस्तित्व खोज्ने क्रममा अन्य समाज र संस्कृतिमा विलिन हुन पुग्छ।
वकालत शब्दले कानुन व्यवसायीहरूले पक्षको तर्फबाट प्रस्तुत गर्ने अभिव्यक्तिलाई बुझाउँछ। वकालत न्यायिक क्षेत्रमा बहस पैरवीसँग सरोकारको विषय हो। यस अर्थमा वकालत र भाषाबीचको अन्तरसम्बन्ध महत्त्वपूर्ण छ। भाषा अभिव्यक्तिको माध्यम हुनाले वकालतको क्रममा पक्षको सरोकार र पक्षको हितको विषयमा भाषाकोमहत्त्वपूर्ण स्थान रहन्छ। कानुन व्यवसायीका लागि लडाइँ मैदानका भाषा प्रभावकारी हतियार हो। भाषाको ज्ञान र सही प्रयोगबिना वकालत प्रभावकारी हुन सक्दैन।
भाषाको अशुद्घता र वकालतमा प्रभाव
वकालतमा भाषाकोमहत्त्वपूर्ण स्थान रहने कुरामा हामी सहमत भइरहँदा, भाषाको अशुद्धताका कारण वकालतमा परेको नकारात्मक असरलाई पनि नकार्न सक्दैनौं। भाषा, वकालत र न्याय शब्दहरूलाई एक्ला एक्लै हेर्दा स्वार्थ समूहअनुसार यसको अर्थ पनि फरकफरक लाग्छ। तर यी तीनवटै विषय कानुन र न्यायका प्रत्यक्ष सरोकारका विषय हुन्।
बौद्धिक व्यक्तित्वको पगरी गुथेर बसेका कानुन व्यवसायीले कतै भाषामाथि आक्रमण त गरिरहेका छैनौं ? विचार पु¥याउने कि ? लिखत होस् या बहसको क्रममा अक्षर–अक्षर, शब्द–शब्द र वाक्य–वाक्यकोमहत्त्वपूर्ण भूमिका रहने वकालत पेसामा भाषाको शुद्धता अति आवश्यक हुन्छ। जानेर नजानेर वकालतको क्रममा भाषाको प्रयोगमा चुकिरहेका छौं। अक्षर, शब्द तथा वाक्यको गलत वा त्रुटिपूर्ण प्रयोग भएमा पक्षले न्यायको अनुभूत गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने हुन्छ्र।
वकालत पेसा पनि भाषिक जटिलता र अशुद्धताबाट समस्याग्रस्त देखिन्छ। वकालत पेसामा प्रयोग हुने लिखत, कानुनी मस्यौदा र बहसको क्रममा देखापर्ने केही भाषिक त्रुटि वा अशुद्धता तपसिलबमोजिम बुँदागत रूपमा प्रस्तुत गरिएका छन्: वर्णविन्यासगत समस्या र बहस प्रस्तुतिमा भाषिक समस्या।
क) वर्णविन्यासगत समस्या
कानुनी मस्यौदा र लिखतको क्रममा लेख्य भाषामा वर्णविन्यासगत शुद्धता कायम हुन आवश्यक छ। तर अशुद्ध वर्णविन्यास वकालत पेसाको प्रमुख भाषिक चुनौती हो। अशुद्ध वर्णविन्यासका कारण लिखत, कानुनी मस्यौदा र बहसको क्रममा प्रयोग हुने
अक्षर–शब्दको अर्थमा अन्तर आएर भाव सम्प्रेषणमा समेत बाधा पर्न जान्छ। यस मानेमा न्यायमा पहुँच दिवास्वप्न बन्न सक्छ।
श्रुतिसमभिन्नार्थक शब्दमा समस्या : पढ्दा वा वाचन गर्दा उस्तैउस्तै सुनिने तर फरक अर्थ लाग्ने शब्द हुन्छन्। ठ्याक्कै प्रस्तुत गर्न खोजिएको अर्थयुक्त शब्द यो हो भन्ने यकिन नहुँदा फरक अर्थ दिने शब्दको प्रयोग हुन पुग्छ। श्रुतिसमभिन्नार्थक शब्दमा उदाहरणका लागि शव-सब, दिशा-दिसा, दिन-दीन आदि। उल्लेखित शब्दहरूमा ‘सब’ले सबै भन्ने अर्थ बुझाउँछ भने ‘शव’ले लास भन्ने अर्थ दिन्छ। ‘दिन’ शब्दले दिउँसो भन्ने अर्थ बुझाउँछ भने ‘दीन’ शब्दले गरिब, दु:खी भन्ने अर्थ बोध गराउँछ आदि।
पञ्चम वर्ण तथा शिरविन्दु र चन्द्रविन्दुसम्बन्धी प्रयोगमा समस्या : चन्द्रविन्दु (–ँ), शिरविन्दु ( ं) र पञ्चम वर्ण (ङ, ञ, ण, न, म) को प्रयोगमा ध्यान नदिँदा वकालतमा भाषिक समस्या देखा पर्ने गरेको पाइन्छ। पञ्चम वर्ण तथा शिरविन्दु र चन्द्रविन्दुसम्बन्धी प्रयोगलाई यथावत् राख्नुपर्ने देखिन्छ। अर्थ भेदक नहुने कतिपय शब्दमा शिरविन्दु र पञ्चम वर्णको वैकल्पिक प्रयोगका साथै अपवाद छ। कानुनी लिखत वा मस्यौदा तयार गर्दा पञ्चम वर्ण तथा शिरविन्दु र चन्द्रविन्दुसम्बन्धी प्रयोगमा अन्योलता वा त्यतिमहत्त्वका साथ नहेरिदिँदा लेख्य रूपमा भाषिक समस्या छ। कालको अपूर्ण पक्षमा दै-तै लाग्दा दै-तै भन्दा अगाडिको अक्षरमा, त- दै-तै भन्दा अगाडि कुनै आधा अक्षर भएमा चन्द्रविन्दु लाग्दैन।
प्रथम पुरुष (सामान्य भूतकाल) मा, इच्छार्थक क्रियापद (प्रथम पुरुष एकवचन र बहुवचनमा) का अन्तमा, आदिमा चन्द्रविन्दुको प्रयोग गर्नुपर्ने हुन्छ। शिरविन्दुको प्रयोग य वर्णदेखि ज्ञ वर्णका बीचमा गरिन्छ। जस्तै: संयोग, संविधान, संयुक्त, संरक्षण, संवर्धन, संशोेधन, संसार, संस्कृत, संज्ञा आदि। शिरविन्दुको मनलाग्दी प्रयोग ‘ङ्’ मा गर्नु भाषिक अशुद्धता हो। जस्तो कि, अंक, शंका, दंड, आदि। शुद्ध रूप अङ्क, शङ्का, दण्ड, आदि हुन्। केही शब्दमा शिरबिन्दु अनिवार्य भएका शब्दहरूजस्तै वंश, वंशाणुगत, संवत्, संवाद, संविधान, संवेदना, संशोधन, संस्करण, हिंसा, आदि।
ह्रस्व, दीर्घका कारण अर्थभेदक हुने श्रुतिसमभिन्नार्थक शब्दमा समस्या : ह्रस्व र दीर्घलाई स्थापित मान्यताबाट लेख्नु जरुरी हुन्छ। ह्रस्व, दीर्घको कारण फरकफरक अर्थ दिने शब्दहरू पनि छन्। जस्तो कि, दिन–दीन, जुन–जून, पुरा–पूरा, फुल–पूmल। ‘दिन’ शब्दले दिउँसोको समय भन्ने अर्थ बुझाउँछ भने ‘दीन’ शब्दले गरिब, दु:खी भन्ने अर्थ बोध गराउँछ। ह्रस्व, दीर्घका कारण अर्थ भेदक हुने श्रुतिसमभिन्नार्थक शब्दमा ख्याल राख्न नसक्नु पनि वकालतमा देखापरेको भाषिक अशुद्धताको उदाहरण हो।
वकालत न्यायिक क्षेत्रमा बहस पैरवीसँग सरोकारको विषय हो। यस अर्थमा वकालत र भाषाको सम्बन्ध भनौं या यी दुईबीचको अन्तरसम्बन्ध महत्त्वपूर्ण छ।
कानुन व्यवसायीका लागि लडाइँ मैदानका भाषा प्रभावकारी हतियार हो। भाषाको ज्ञान र सही प्रयोगबिना वकालत प्रभावकारी हुन सक्दैन।
तत्सम तथा श, ष, स, व, ब, ट, त बाट निर्मित श्रुतिसमभिन्नार्थक शब्दमा समस्या : नेपाली भाषामा तत्सम शब्दलाई संस्कृत परम्पराअनुसारै लेखिन्छ। तद्भव र आगन्तुक शब्दहरूलाई नेपाली नियमअनुसार लेखिन्छ। नेपाली उच्चारणमा नरहेका तर लेख्य वर्णका रूपमा रहेका ऋ, ञ, ण, श, ष, क्ष, ज्ञ वर्ण तत्सम शब्दमा मात्रै प्रयोग हुन्छन्। जस्तो ऋण, क्षति, ज्ञान आदि तत्सम शब्दमा प्रयुक्त संयुक्त व्यञ्जन वर्ण विशेषगरी ‘द्’ वर्णसँग जोडिएर आउने शब्दलाई हलन्त दिनुपर्ने हुन्छ। श, ष, स, बाट निर्मित श्रुतिसमभिन्नार्थक शब्दको प्रयोगमा पनि भाषिक अशुद्धता पाइनु अर्को समस्या हो। जस्तो : इजलासको सट्टामा इजलास लेखिनु, वकालतको सट्टा वकालत हुनु आदि। ‘श’, र ‘ष’ को प्रयोग तत्सम शब्दमा मात्र हुन्छ भन्ने ख्याल गरिनुपर्छ। ‘स’ को प्रयोग तत्सम, तद्भव र आगन्तुक तीन प्रकारकै शब्दमा हुन्छ।
सबै आगन्तुक शब्दमा पूर्वप्रचलनअनुसार ‘स’ मात्र प्रयोग गरिन्छ, जस्तो : सहिद, सहर, कोटेसन आदि। जाति थर बुझाउने शब्दमा आउने ‘श’ लाई भने सम्बन्धित समुदायले प्रयोगमा ल्याएका प्रचलनअनुसार नै लेख्ने, जस्तो– शेर्पा, राणा, राना, शाह, साह, शाही, शेरचन, जोशी, आदि। सरकारी आधिकारिक प्रमाणपत्रको आधारमा थरको उल्लेख गर्न सचेत हुनुपर्ने हुन्छ। हतारमा वा वास्ता खासै नगर्नाले वा भाषी अल्पज्ञानले कानुनी मस्यौदा वा लिखतमा भाषिक त्रुटि हुन गई समस्या निम्त्याउन सक्छ।
अंग्रेजी भाषाको प्रयोगले पर्ने प्रभाव : भनिन्छ, भाषा आमाको दूधजस्तो पवित्र तथा शुद्ध हुन्छ। सबैको आफ्नो लवज हुन्छ तर उच्च शिक्षा प्राप्त व्यक्तिहरूले विदेशी शब्द मिसाएर भाषामा मिसावट गर्नाले बौद्धिकता झल्काउने खालको कृत्रिमता आउँछ। वकालतको क्रममा लिखत–मस्यौदा वा बहस प्रस्तुतिको क्रममा नेपाली भाषामा अंग्रेजी भाषाका शब्दहरू अनावश्यक रूपमा प्रयोगमा ल्याउने प्रचलन व्याप्त छ। अंग्रेजी भाषालाई मिसाएर नेपाली भाषा प्रयोग गर्ने क्रम बढेसँगै समस्या चुलिएको छ।
कानुनी शिक्षाको औपचारिक पठनपाठनमा अंग्रेजीलाईमहत्त्व दिँदा नेपाली भाषागत ज्ञानमा कमी आउनाले पनि यो समस्या व्यापक रूपमा प्रयोगमा ल्याएको पाइन्छ। कानुन व्यवसायीको रूपमा बौद्धिक पहिचान बनाएसँगै भाषामा जटिलता प्रयोग गर्न थाल्छौं। बौद्धिकता प्रदर्शन गर्ने क्रममा भाषा विद्रम हुन जान्छ। कृत्रिम भाषाको प्रयोग दैनिकीमा गर्छौं तर वकालतको क्रममा पनि भाषालाई विद्रुम र विसंगत बनाउनु समस्या हो।
अंग्रेजीजस्तो कृत्रिम भाषामा बौद्धिकता बोझिलोपनको अभिव्यक्ति जाने कारणले फरक नतिजा प्राप्त गर्न सक्छौं। आजकल वकालतमा भाषाको प्रयोग जथाभावी हुन थालेको छ। अंग्रेजी मिश्रित खिचडीयुक्त भाषा हाबी बन्दै गएको छ। वकालतको क्रममा भाषाको मौलिक प्रयोगमा बेपर्बाह मिश्रण हुँदा आधा अंग्रेजी आधा नेपाली मिसाएर बोल्ने खिचडी शैली पाइन्छ। न आफ्नो जान्यो न अर्कोमा पूर्णता भयो भन्ने स्थिति बनेको छ।
लिखत र बहसकला हास्यास्पद बन्न पुगेको छ। कमसेकम अंग्रेजी प्रयोग गरिन्छ भने शुद्ध अंग्रेजी अर्थात् नेपाली प्रयोगमा शुद्ध नेपाली भाषाको प्रयोग गरिनुपर्छ। आफूलाई अब्बल देखाउन, बडप्पनको ढोङ रच्न, जबर्जस्ती अंग्रेजी भाषा लाद्नु राम्रो होइन। नेपाली भाषा प्रयोग मै सबल र स्पष्ट भए राम्रो हुन्छ। समयअनुसार परिवर्तन हुँदै भाषामा केही सकारात्मक परिमार्जन हुन सक्छ। तर भाषाको अपक्षयीकरण भइरहेको छ। वकालतको क्रममा सक्षम नेपाली भाषालाई कुरूप र बेढंगको बनाउँदै छौं।
अन्य भाषागत त्रुटिका कारण उत्पन्न प्रभाव : लिखत, मस्यौदा तयार गर्दा होस् या बहस गर्ने क्रममा होस्, अन्य कारण वकालतमा भाषिक अशुद्धता ल्याउनु समस्या बनेको छ। टंकणको क्रममा हुने भाषिक त्रुटि, मातृभाषाको प्रयोग, कानुनी
शब्दहरूको ज्ञान वा जानकारीमा कमी, लिखत, मस्यौदा तयार गर्दा हुने भाषागत त्रुटिहरू हुन्। शुद्ध उच्चारण नहुनु, आवाजमा कमी वा बढी प्रयोग
गरिनु, बोलीमा मातृभाषाको प्रभावका कारणसमेत बहस प्रभावित हुन पुग्छ।
संहार
वकालत पेसा पक्षको सरोकार र पक्षको हितको विषयमा केन्द्रित हुने सवालमा उल्लेखित भाषिक आवश्यकता र शुद्धतामा सचेतना नभए न्यायिक र पेसागत गौरवका कुरा इतिहास बन्दै नजालान् भन्न सकिँदैन। आधा दशकको वकालत पेसामा र कानुनी शिक्षामा आबद्धता हुँदाको अनुभवमा यो पंक्तिकार भाषाको शुद्धता र त्यसबापत पर्ने प्रभावकारिताबाट चुकेको अनुभव छ्र। वकालत पेसामा लेख्य भाषाको मानक रूप निर्धारण गर्न र भाषामा एकरूपता कायम गर्नुका साथै अर्थगत स्पष्टता ल्याएर भाषालाई सम्प्रेषणीय बनाउन वर्णविन्यासगत शुद्धता अनिवार्य हुन्छ।
वकालत पेसामा सही प्रतिनिधित्वका लागि पनि भाषा शुद्धताको झनै ठूलोमहत्त्व छ। अन्य मुलुकले स्वदेशको भाषालाई प्रोत्साहन गर्ने कानुनी प्रावधानलाई अपनाइरहँदा हामी पनि नेपाली भाषा राम्रोसँग प्रयोग गर्न कदापि चुक्न हुँदैन। भाव पोख्ने सबैभन्दा सुलभ वस्तु भाषामा भाषगत ज्ञानको अभिवृद्धि गर्दै अंग्रेजी मोह र मिश्रित भाषा प्रयोगमा लहसिन छाड्नु पर्छ। आफ्नोपन धरापमा पारेर नेपाली भाषालाई जथाभावी प्रयोग गरेर कुरूप बनाउँदा सही प्रतिनिधित्व त कहाँ हो कहाँ, न्याय पनि हराउनेछ। अबका दिनमा सही मानेमा वकालत पेसाको मर्यादा कायम गर्न, पक्ष न्याय अनुभूतिको सपना साकार पार्न, कानुनको सर्वोच्चता कायम गर्न बढीभन्दा शुद्धतामा जोड दिनु आजको आवश्यकता हो।
प्रतिक्रिया दिनुहोस !
