केही जिल्लाका सिडिओहरूको सरुवा
काठमाडौं : सरकारले केही जिल्लाका सिडिओहरूको सरुवा गरेको छ। शुक्रबार सरकारले पाँचथरका गणेश गैरे, धनकुटाका लिला कुमार केसी पाण्डे, दोलखाका शेखर पौड्याल, रामेछापका शोभाकर रेग्मी, लमजुङका बसन्तराज पुरी, पर्वतका चित्रागत बराल, बाग्लुङका गणेश प्रसाद पौडेल र प्युठानका बेदप्रसाद अर्याललाई सरुवा गरेको हो। उनीहरूलाई विभिन्न जिल्लामा पस्थापन गरेको छ।
त्यस्तै प्रमुख अध्यागमन अधिकृत बासुदेव घिमिरेलाई गृहमन्त्रालयमा तानिएको छ। सो ठाउँमा सहसचिव रामबन्धु सुवेदीलाई पठाइएको छ।
सरकारले सहसचिव रुद्र सिंह तामाङलाई राष्ट्रिय विपद् जोमिख न्युनीकरणमा पदास्थपन गरेको छ भने महादेव पन्तलाई आन्तरिक व्यवस्थापन महाशाखामा पदास्थपन गरेको छ।
त्यस्तै पाँचथरमा मेखबहादुर मगराती, लमजुङमा रामकृष्ण अधिकारी, जुम्लामा जयकुमार घिमिरे, पर्वतमा प्रेमप्रसाद आचार्य, दोलखामा कोमल प्रसाद धमला, रामेछापमा अनिता निरौला, सल्यानमा बेदप्रसाद खरेल, प्युठानमा मदन कोइराला, जाजरकोटमा रामकुमार महतो र धनकुटामा थानेश्वर गौतमलाई सिडिओको जिम्मेवारी तोकिएको छ।