कक्षा ८ को वार्षिक परीक्षा दिइरहेका ८३ जना विद्यार्थीको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लियो

कक्षा ८ को वार्षिक परीक्षा दिइरहेका ८३ जना विद्यार्थीको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लियो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : अनाधिकृत परीक्षा केन्द्रमा कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गरेका वीरगन्जका चारवटा नीजि विद्यालयका ८३ जना विद्यार्थीहरूको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लिएको छ । 

वीरगन्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्ण नेतृत्वको टोलीले कक्षा ८ को वार्षिक परीक्षा दिइरहेका ८३ जना विद्यार्थीको उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो । 

महानगरपालिकाले कक्षा ८ को महानगरस्तरीय वार्षिक परीक्षा आफ्नै विद्यालयमा परीक्षा केन्द्र तोकेर लिन निर्देशन दिएको थियो । तर, चारवटा नीजि विद्यालयहरूले उक्त निर्देशनको अवज्ञा गरि वीरगन्ज ७ स्थित माइस्थान बालविधा मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अनाधिकृत परीक्षा केन्द्र तोकेर कक्षा ८ को परीक्षा लिइरहेका थिए । 

शुक्रबार अनुगमनका क्रममा महानगरको टोलीले माइस्थान बालविधा मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको परीक्षा केन्द्रबाट ग्रीन ल्याण्ड माविका ४७ ,ओसिम माविका १७ ,एपेक्स इन्टरनेसनल स्कुलका ७ र सालोम माविका १२ गरी ८३ जना विद्यार्थीले उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखा कर्णले सामुदायिक विद्यालयमा अनाधिकृत परीक्षा केन्द्र तोकेर परीक्षा लिइरहेका ४ वटा निजी विधालयका ८३ जना विद्यार्थीहरूको उत्तर पुस्तिका नियन्त्रणमा लिएको बताए । 

ती विधालयलाई आ–आफ्नै विधालयमा परीक्षा केन्द्र तोकर फेरि परीक्षा लिन निर्देशन पनि दिइएको उनले बताए । वीरगन्ज महानगरमा सञ्चाचालित कक्षा ८ को महानगरस्तरीय वार्षिक परीक्षामा सामुदायिक ३४ र निजी ८३ वटा विद्यालयका गरि कूल ५ हजार ८ सय ६२ विद्यार्थी सहभागी छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.