दराजद्वारा सेलर समिट आयोजना

दराजद्वारा सेलर समिट आयोजना
सुन्नुहोस्

काठमाडौं : नेपालको अग्रणी अनलाइन ई–कमर्स प्लेटफर्म, दराज नेपालले यस वर्षको दराज सेलर समिट हालै आयोजना गरेको छ। 

कम्पनीका अनुसार यस कार्यक्रम आयोजना दराजका विक्रेतालाई सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो। 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको ई–कमर्स उद्योग र यसको आगामी सम्भावनाका बारेमा बताएका थिए। 

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले उपस्थित व्यक्तिलाई सम्बोधन गर्दै, कम्पनीले हासिल गरेका उपलब्धि, भावी दृष्टिकोण, र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थानका बारेमा उजागर गरेकी थिइन्। 
एनएमबी बैंकका डीसीईओ गोविन्द घिमिरेले दराज विक्रेताले अब बैंकबाट सजिलै कर्जा प्राप्त गर्न सक्ने जानकारी दिए। 

दराज नेपालले १८ हजारभन्दा बढी विक्रेता, प्रतिमहिना १५ लाख सक्रिय एप प्रयोगकर्ता र नेपालको १ सय १ सहरमा डेलिभरीको सुविधा रहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.