‘विदेशमा सिकेको सीप प्रयोग गर्ने योजना सरकारले ल्याउनुपर्छ’

‘विदेशमा सिकेको सीप प्रयोग गर्ने योजना सरकारले ल्याउनुपर्छ’
सुन्नुहोस्

एनआरएन भनेको के हो र यो किन स्थापित भयो ?

एनआरएनए भनेको एउटा नितान्त सामाजिक सेवा भाव राखेको साझा सामाजिक संस्था हो। जसको मुख्य उद्देश्य विश्वभरि छरिएर रहेको नेपालीहरूलाई एकजुट बनाउने र एउटै संगठनभित्र आवद्ध गराउने छ। यो संस्था नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भई नेपाल सरकारको सरोवरमा क्रियाशील सामजिक संस्था हो।

खाडी मुलुकमा एनआरएनको सुरुआत कहिले भएको र कस्तो अवस्थामा थियो ?

खाडी मुलुकमा एनआरएनको सुरुआत सन् २००३ बाट भएको हो। जुन मध्यपूर्वको कतारबाट सुरुआत गरिएको थियो। मध्यपूर्वमा सुरुआती समयदेखि नै भए तापनि साउदीसम्म पुग्न करिब ३/४ वर्षको समय लागेको थियो। सन् २००७ देखि साउदीबाट पनि सुरुआत गरिएको थियो । अन्य मुलुकमा परोपकारी संस्था भनेर चिनिएको र बुझिएको भएर यो विस्तारै विस्तारित हुँदै गएको अवस्थामा थियो। संस्थाले धेरैभन्दा धेरै नेपाली जनसमुदायलाई एकीकृत गरी अगाडि बढाउने तयारीमा थियो।

एनआरएनमा आवद्ध भएर सदस्य हुँदै मध्यपूर्व संयोजक बन्दासम्म के–कस्ता चुनौती आए ?

गैरआवसीय नेपाली संघ पनि एउटा प्रजातान्त्रिक पद्धतिमा चलेको हुनाले यसमा सोही किसिमको अवरोध वा प्रतिस्पर्धाहरू चलिरहन्छ। यसलाई सामान्य रूपमा लिने गरिन्छ। कानुनी रूपमा हेर्ने हो भने हामीले मध्यपूर्वमा रहेर सामाजिक काम कारबाही गर्दा यहाँको राजनीतिक र कानुनी नियमावलीको पालना गर्दै नेपाली कामदारको हकहितको रूपमा काम गर्न सजिलो छैन। जसका लागि खाडी मुलुकमा रहेका राजदूत तथा नियोगहरूको सहयोगको भूमिका महत्वपूर्ण हुन्छ।

खाडी मुलुकमा कार्यरत नेपाली कामदारप्रति एनआरएनको कस्तो भूमिका छ ?

पश्चिमा देशमा रहेका नेपालीप्रति गरिने भूमिका र खाडी मुलुक तथा पूर्वी देशहरूमा एनआरएनको भूमिका फरक–फरक छ। खाडी मुलुकमा नितान्त सुरक्षित र मर्यादित श्रम रोजगारको व्यवस्था गराउन निरन्तर आवाज उठाउँदै आएका छौं। साथै सबै नेपाली नियोगहरूसँग निरन्तर समन्वय र सहकार्य गरिरहेका छौं। 

खाडीमा नेपाली कामदार कति छन् ? 

खाडीमा वैधानिक तथा अवैधानिक गरी १२ लाखभन्दा बढी नेपाली कामदारको रूपमा छन्।

कोभिड–१९ ताका खाडीमा रहेका पीडित नेपालीका लागि एनआरएनले केकस्ता सहयोग गर्‍यो ?

कोभिड–१९ ताका एनआरएनले यहाँका नेपालीलाई खाद्यान्न, हवाई टिकट, आवास, रोजगार व्यवस्थापनलगायत विभिन्न काम गर्‍यो। जसका लागि खाडीमा विभिन्न संघ–संस्था तथा सरकारको परराष्ट्र मन्त्रालय विदेशस्थित रहेका नेपाली नियोगसँग परामर्श, सहकार्य र सहयोगमा लाखौं नेपालीको उद्धार गरियो। साथै विभिन्न देशहरूमा ट्रिपल आर नाम राखेर उद्धारका अभियान सञ्चालन गर्यो।

खाडीमा अन्य संघसंस्थाभन्दा एनआरएन नै किन अगाडि ? 

खाडीमा धेरै जसो सामाजिक संस्थाहरू क्रियाशील छन्। तर, एनआरएन नेपालीहरूको साझा संगठन भएकाले अगाडि रहेको बुझिन्छ। यसले आपतकालीन अवस्थामा सबै संस्थाहरूसँग सहकार्य गर्छ। 

खाडीमा रहेका संघसंस्था र नेपाली दूतावाससँग एनआरएनको सम्बन्ध कस्तो छ ?

खाडीमा रहेका सबै संघसंस्थाको उद्देश्य प्रायःजसो नेपाली कामदारको हकहित र सामाजिक काम गर्ने भएकोले एनआरएनले सबैसँग हातेमालो गर्दै आएको छ। 

खाडीमा एनआरएनलाई केन्द्रबाट वार्षिक बजेट विनियोजन गरेको हुन्छ ती रकम केकस्ता काममा प्रयोग गरिन्छ ?

राष्ट्रिय समन्वय समितिहरूलाई गैरआवासीय नेपाली संघको केन्द्रीय समिति अर्थात् आईसीसीबाट कुनै पनि वार्षिक बजेट छुट्ट्याएर दिएको हुँदैन। बरु हरेक राष्ट्रिय समन्वय परिषद्लाई केन्द्रले एक कार्यकालका लागि एउटा–एउटा प्रोजेक्ट पूरा गर्न निर्देश गर्छ। उक्त निर्देशअनुसार हामीले नेपालमै विभिन्न कामकारबाही गर्दै आएका छौं। तर, कोरोना महामारीको समयमा राष्ट्रिय समन्वय परिषद्हरूले मात्रै काम गर्न आफ्नो बजेट अपुग हुने भएकोले हामीले आईसीसीबाट विनियोजन गरिएको रकम लिएको थियौं। जुन रकम संगठन र नियोगहरूको सरोवरमा आवश्यकताअनुसार अलपत्र परेका नेपालीको उद्धारमा प्रयोग गर्यौं।

खाडीमा रहेका कामदार एनआरएनमा आबद्ध हुन चाहे  प्रक्रिया के छ र सदस्य लागत रकम कति छ ?

एनआरएनको सदस्यता लिन संस्थाले राष्ट्रिय समन्वय समितिद्वारा सदस्यता लिने अवधि तोकेर एउटा सूचना जारी गरी अनलाइन सेवाबाट सदस्यता लिन सकिन्छ। साथै पञ्जीकृत सदस्यता शुल्क भने कार्य समितिको निर्णयअनुसार सार्वजनिक हुन्छ। यद्यपि, हाल साउदीका लागि भने २०२३–२०२५ का लागि १५ रियल तोकेको छ। अन्य मुलुकले सदस्यता शुल्क निर्धारण गर्दैछ।

खाडीमा रहेका एनआरएन पैसावाला र पावरवालाको भन्ने सुनिन्छ यथार्थ के हो ?

खाडी मुलुकमा रहेको एनआरएन विधि र पद्धतिअनुसार चल्ने भएकाले निःस्वार्थ भावनाले काम गर्ने व्यक्तिलाई अगाडि बढाउने हुनाले यो संगठन न त पावरवाला को हो न त पैसावालाको। बरु एनआरएनकर्मीहरूले आफ्नो परिवारको गास काटेर अरूका लागि खर्चिने गरेका छन्। हरेक एनसीसीका पदाधिकारीहरूले आफ्नो व्यक्तिगत रकम संकलन गरेर आवश्यकताअनुसारको पीडित नेपालीहरूलाई सहयोग गर्दै आएको छ।

खाडीमा समस्यामा परेका नेपालीले एनआरएनसँग सहयोग कसरी माग्ने ? 

खाडीमा राष्ट्रिय समन्वय परिषद्हरू छन्। उहाँहरूको आफ्नै सामाजिक सञ्जाल फेसबुक पेजहरू अथवा फेसबुक अकाउन्ट छन्। त्यसैगरी, विभिन्न देशमा राष्ट्रिय समन्वय समितिको साथमा क्षेत्रीय र स्थानीय तहहरू पनि छन्। त्यसमा सम्पर्क गर्ने र साथै आधिकारिक व्यक्तिहरूको सम्पर्क नम्बर राखिएका छन्। त्यसमा सम्पर्क गर्न सकिन्छ। 

खाडीमा मुलकमा कतिको संख्यामा नेपाली एनआरएन आवद्ध छन् ?

खाडीमा एनआरएनका पञ्जीकृत सदस्यका रूपमा कम्तीमा २० हजारको संख्यामा आवद्ध छौं। तर, हाम्रो विधानको परिभाषाअनुसार १२ लाख एनआरएन सदस्यहरू खाडीमा रहेका छन्। 

खाडीमा कार्यरत नेपालीलाई के सन्देश दिन चाहानुहुन्छ ?

खाडीमा रहेका नेपालीहरूले कार्यरत मुलुकको नियम र कानुनको पालना गरी वैधानिक रूपमा काम गर्न आग्रह गर्दछु। रोजगारका क्रममा सिकेका ज्ञान र सीपलाई स्वदेश फिर्तापछि उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आफ्नो भविष्यलाई सुरक्षित गर्न सुझाव दिन चाहन्छु। त्यस्ता कामदारकालाई नेपाल फर्केपछि अनुभवका आधारमा नेपाल सरकारले पनि यथोचित योजना बनाई कार्यान्वयनमा ल्याउनसमेत आग्रह गर्दछु।

प्रस्तुति : विष्णु घिमिरे


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.