महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी
सुन्नुहोस्

दाङ : दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ।

नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई भारी मतन्तरले हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका हुन्।

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतपरिणाम अनुसार विजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सबैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययनरत क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका हुन। 

यो क्याम्पसमा १५ वर्षपछि आफ्नो विरासत फर्काएको छ। पराजित महराले ६ सय २० मत मात्रै प्राप्त गरेका छन्। 

क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले तालमेल गरेका थिए।

त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी (खुमन) ले एक सय २४ मत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८ मत, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले एक सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी)का सेवक भट्टराईले ४५ मत प्राप्त गरेका छन्।

त्यस्तै सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका वसन्त भण्डारी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गरी पराजित भएका छन्। 

कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मत विजयी भएकी छन् भने अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरी पराजित भएका छन्।

सदस्यमा नेविसंघका वसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र सविन पोख्रेल विजयी भएका थिए।

चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहे पनि विप्लप निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.