पर्वतको कुश्माबजारको भण्डारी टोलमै घरभित्र पस्यो चितुवा

पर्वतको कुश्माबजारको भण्डारी टोलमै घरभित्र पस्यो चितुवा
तस्बिर : माया अधिकारी
सुन्नुहोस्

नेपाली कांग्रेस पार्टी कार्यालय अघिको तरकारी टनेलभित्र देखिएको चितुवा नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा पसेको छ ।

कुश्मा :पर्वत सदरमुकाम कुश्मा बजारको भण्डारी टोलमा चितुवाको आतंक मच्चिएको छ । बुधबार बिहानै बस्तीमा छिरेको चितुवा स्थानीयको घरभित्र पसेपछि आतंक मच्चिएको हो । नेपाली कांग्रेस पार्टी कार्यालय अघिको तरकारी टनेलभित्र देखिएको चितुवा नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा पसेको छ ।

null

अहिले उक्त ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डिभिजन वन कार्यालय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको छ । घरभित्र चितुवा पसेपछि घरमा रहेका रेग्मीका परिवार तथा चितुवा हेर्न आएका छिमेकीहरूसमेत सबैजना कोठाभित्र ढोका थुनेर बसिरहेका छन् । 

चितुवा नियन्त्रणका लागि पोखराबाट विज्ञको  टोली बोलाइएको र उनीहरु आएपछि नियन्त्रणमा लिइने डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानाकारी दिए । चितुवाले वन अधिकृत अधिकारीलाई समेत आक्रमण गरेको छ। उनको घुँडामा सामान्य चोट लागेको छ । 

अहिले बजारबासीको चितुवा हेर्नका लागि भीड लागेको छ ।  चितुवा पसेको घर वरपरका बासिन्दाहरू त्रसित बनेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.