साइकलिङ यात्रामा घाइते विदेशी नागरिकको हेलीबाट उद्दार

साइकलिङ यात्रामा घाइते विदेशी नागरिकको हेलीबाट उद्दार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम :काठमाडौंबाट साइकलिङ यात्रा तय गर्दै मुस्ताङ आएका एक विदेशी नागरिक मंगलबार साइकल दुर्घटनामा परी घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते–धम्पु ,सिर्खुम हुँदै थासाङ–२ सौरु गाउँतर्फ जाँदै गर्दा डेनमार्गका ४० वर्षीय पुरुष नागरिक जेस्पर साइकल दुर्घटनामा परि घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

डेनमार्क नागरिक जेस्पर साइकल यात्रा गर्दै गर्दा सौरु जाने थाङ्ने भीरनजिक सडकमार्गबाट करिब १० मिटर तल खस्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । 

घाइते विदेशी नागरिकको बायाँ हात र कुहिना भाँचिएको जनाइएको छ । साइकल दुर्घटनापछि कोवाङ प्रहरी चौकी घटनास्थलमा पुगेको थियो । घाइते साइकल यात्रीको जिल्ला प्रशासन कार्यालय मुस्ताङ ,प्रहरी र स्थानीयको समन्वय र सहयोगमा कैलाश एयरको हेलिमार्फत् थप उपचारका लागि  काठमाडौं पठाइएको  प्रहरीले जनाएको छ ।

साइकल यात्रा गर्दै मुस्ताङ आउने टोलीमा ५ जना विदेशी र ४  नेपाली नागरिक थिए । ४  विदेशी र दुई नेपाली गरी ६ जना साइकल यात्रामा सहभागी थिए। उनीहरुले बेनी–जोमसोम मुख्य राजमार्ग सडक छोडेर धम्पु,सिर्खुम,सौरु पदमार्ग सडकको यात्रा तय गदै जोमसोमतर्फ जाँदै थिए ।

साइकलिङ यात्राका लागि उनीहरूले दुईवटा बोलेरो जीपमा बन्दोबस्तीका सामान लिएर आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.