स्ववियु निर्वाचन : मेची क्याम्पसको मतगणना स्थलमा तीन विद्यार्थी संगठनले लगाए ताला

स्ववियु निर्वाचन : मेची क्याम्पसको मतगणना स्थलमा तीन विद्यार्थी संगठनले लगाए ताला
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको मतगणना स्थलमा तालाबन्दी गरिएको छ । 

नेपाल विद्यार्थी संघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको हो । ताला लगाएपछि उनीहरूले क्याम्पस परिसरभित्रै कालो झन्डा राखेर नाराबाजी समेत गरेका थिए । 

क्याम्पसको स्ववियु निर्वाचन समितिले खामबन्दी भएको एउटा मत बदर गर्नुपर्नेमा गणना गरेको र समानुपातिकतर्फको मतगणना गर्दा तीनवटा विद्यार्थी संगठनको प्रतिनिधिबिना सुरू गरेको भन्दै विद्यार्थी संगठनहरूले मतगणना स्थलमा ताला लगाएको नेविसंघका नेता भुवन बुढाथोकीले जानकारी दिए । 

असन्तुष्ट बनेका विद्यार्थी संगठनले खामबन्दी भएको मत कुनै पनि हालतमा गणना गरिनु हुँदैन र बराबरी भएको खुला सदस्य पदको नतिजा गोला प्रथाबाट टुङ्गो लगाउनुपर्ने भन्दै निवेदन लिएर जाँदा निर्वाचन समितिले तीनवटा संगठनको प्रतिनिधिको उपस्थिति बेगर समानुपातिकतर्फको मतगणना सुरु गरिरहेको भेटाएपछि हामीले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी नेता बुढाथोकीले बताए । 

राति १२ बजे लगाइएको ताला अझै खुलेको छैन । अहिले निर्वाचन समिति र असन्तुष्ट बनेका विद्यार्थी संगठनबीच ताला खुलाउने विषयमा आन्तरिक बहस र छलफल जारी  रहेको बुझिएको छ । 
यता विवाद उत्पन्न भएपछि स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत डा.कृष्णप्रसाद भट्टराईले मंगलबार बिहान सूचना जारी गर्दै वार्ताका लागि आह्वान गरेका छन् । बुधबार बिहान ११ बजे सबै विद्यार्थी सङ्गठनहरूसँग वार्ता बस्ने भनी सो सूचनामा उल्लेख गरिएको छ । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अन्तिम मतगणना नतिजा सार्वजनिक गर्ने क्रममा खुला सदस्य पदका उम्मेदवार अनेरास्ववियुका प्रन्सल मगर र नेवि संघका विवेक तामाङको मत बराबरी आएको थियो ।  
दुवैजनाले ९१४/९१४ मत ल्याएका थिए । 

सोमबार मतदानको क्रमको अमृतबहादुर थापा नाममा दुई पटक मतदान भएको थियो ।  एउटा मत खामबन्दी गरी राखिएको थियो । खामबन्दी मतको विवाद समाधान नहुँदै निर्वाचन समितिले सो खाम खोल्दा अनेरास्ववियुका मगरले मत पाएका थिए । मगरले मत पाएपछि उनलाई विजयी घोषणा गरिएको थियो ।    


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.