हामीलाई संगठनभन्दा महिलाको नेतृत्व आवश्यक थियो, त्यसैले निर्वाचित भयौं : सभापति खत्री

हामीलाई संगठनभन्दा महिलाको नेतृत्व आवश्यक थियो, त्यसैले निर्वाचित भयौं : सभापति खत्री
खापरदेव क्याम्पसमा बिजयी टिम । तस्बिर : प्रताप ओली
सुन्नुहोस्

बझाङ : झाङका आठ क्याम्पसमध्ये अब सुप विश्वविद्यालय अन्तर्गतको जयपृथ्वी बहुमुखी क्याम्पसमा मात्रै स्ववियु चुनाव हुन बाँकी छ ।

अहिलेसम्म ७ क्याम्पसको नतिजा अनुसार नेकपा एमाले निकट अनेरास्ववियु तीन क्याम्पसमा, कांग्रेस निकट नेविसंघ दुई क्याम्पसमा, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अनेरास्ववियु एक क्याम्पसमा र  नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) एक ठाउँमा बिजयी भएका छन् ।

सभापतिमा सेती क्याप्पस बगडगाउँबाट लक्ष्मण गिरी,सुनकुडा नमूना क्याम्पस सुनकुडाबाट दिलीप अधिकारी र थलारा क्याम्पस थलाराबाट महेश जेठारा निर्वाचित भएका छन् । तीनै क्याम्पसमा एमाले निकट अनेरास्ववियुले जित हाँसिल गरेको हो ।

त्यस्तै खापरदेव क्याम्पस, खप्तडछान्नामा शर्मिला खत्री नेतृत्वको प्यानल र त्रिवेणी आदर्श क्याम्पस बुङगलमा करिना भण्डारीले जित हात पारेका छन् । बझाङ दीप क्याम्पस झोतामा भने चन्दनिकट अनेरास्ववियु क्रान्तिकारीका कमल थापा स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यस क्याम्पसका अन्य पदाधिकारी तथा सदस्य पदमा अनेरास्ववियुको प्यानलले जितेको छ । 

यस्तै शान्दी आदर्श क्याम्पस छबिसपाथिभेरामा भने सभापति नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) का सागर पण्डितलाई सहमतिमा दिइएको छ भने सचिव नेकपा एमालेनिकट अनेरास्ववियुले राखेको छ । बाँकी पदमा नेविसंघ र अखिल क्रान्तिकारीले भागवण्डा मिलएका छन् । 

खापरदेव क्याम्पस खप्तडछान्नाको सभापतिमा नेविसंघको शर्मिला खत्री निर्वाचित भएकी छन्। क्याम्पसमा  ७७ जना विद्यार्थीमध्ये १८ जना छात्र र ५९ जना छात्रा रहेका छन् ।

यस क्याम्पसमा लामो समय स्ववियु सभापति पुरुष चुनिदै आएको भए पनि यसपटक भने निर्वाचित हुने महिलाको संख्या बढि छ। महिलालाई नेतृत्व दिन नचाहने संगठन र समाजका बेगर नेविसंघको तर्फबाट स्ववीयु चुनावमा होमिएका सबै छात्राहरू आफ्ना समकक्षीहरूले साथ दिँदा जित हात पार्न सफल भएको बताउँछन् ।

संगठनले पनि आफ्नो नेतृत्वलाई सुरूमा अस्वीकार गरेको र पछि सहकर्मी साथीहरूको जोडबलले स्वीकारेको नव निर्वाचित सभापति खत्रीले बताइन् ।

क्याम्पसका सबै छात्राहरूले पटक पटक पुरुषलाई नेतृत्व जिताए पनि कुनै परिवर्तन नआएको र यसपटक जुनसुकै संगठनको भए पनि महिलालाई जिताउनुपर्छ भनेर लागिपरेको क्याम्पसका विद्यार्थी बबिता कार्कीले बताइन् । क्याम्पस सबै संगठनहरु जोडतोडले लागे पनि छात्रा विद्यार्थीकै सहयोगमा नेतृत्व लिन सफल भएको सभापति खत्रीले बताइन् ।

खत्रीले भनिन्, ‘म र मेरो नेतृत्वले जित हात पार्नुमा सबैको भूमिका महत्वपूर्ण छ । विगतमा पुरुष मात्रै नेतृत्वमा पुग्थे । यसपटक मैले सबै छात्रा विद्यार्थीलाई सम्झाएँ । उहाँहरु सहमत हुनुभयो । मलाई नलड हार्छौ भन्नेहरु पनि थिए तर मैले मानिन् । यसपटक पनि मलाई नेतृत्व छोड भनेर दबाब नआएको होइन तर साथीहरुको उत्साह र मेरो अठोटले सफल भएँ । यस क्याम्पसका सबै छात्रा,सबै विद्यार्थी संगठन मिलेर मेरै नेतृत्वलाई भोट दिए र मेरो टिमले जित्यो । अब काम गर्न पनि सहज हुन्छ किनभने हामी प्रायः छात्रा नै छौं ।’

उनले सबै छात्राहरू जुन संगठनमा आवद्ध भए पनि यसपटक आफू नेतृत्वको टिमलाई जिताउन लागेको भन्दै खुशी व्यक्त गरिन् । साथै सभापति खत्रीले आफू र आफ्नो टिमलाई नेतृत्व सुम्पिनेप्रति धन्यवाद ज्ञापन गर्दै समग्र क्याम्पस र विद्यार्थीको हकहितमा लडिरहने बचन दिइन्।

खापरदेव क्याम्पसमा सोझमबार सम्पन्न स्ववियु चुनावमा ६ जना प्रत्यक्ष र ३ जना समानुपातिक नेविसंघ बाँकी २ एमाले निकट अनेरास्ववियुका गरी ११ जना निर्वाचित भएका छन् । निर्वाचित १० जना छात्राहरू र एक जना छात्र रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.