इलामका चार क्याम्पसमा अखिलको नेतृत्व
इलाम : स्वतन्त्र विद्यार्थी युनियनको आइतबार सम्पन्न निर्वाचनबाट इलामका चार क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष निर्वाचित भएका छन्।
त्रिविअन्तर्गत रहेका इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस अनेरास्ववियुका दर्शन राईको अध्यक्षतामा उनको प्यानल नै विजयी भएको छ।
महेन्द्ररत्नमा अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी) र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको स्वतन्त्र प्यानल नै विजयी भएको हो।
सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का राजेन्द्र लोहार र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्की निर्वाचित भएका छन्। सदस्यहरूमा शम्भु राई, मनीषा दुलाल, गोपीराज लिम्बू, ज्ञानेन्द्र चापागाईं, पुष्कर बोहोरा, उज्ज्वल पौडेल र बबिता खनाल निर्वाचित भएका छन्।
देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा फुर्वा तामाङ अध्यक्ष निर्वाचित भएका छन्। मंगलबारे क्याम्पसको सचिवमा पनि अनेरास्ववियुकै रुद्रप्रसाद पौडेल र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी)का विशाल तामाङ निर्वाचित भएका छन्।
सदस्यहरूमा केशव निरौला, सलिना श्रेष्ठ, मनीषा बमजन, प्रकाश चौलागाईं र प्रवीण बाँस्तोला विजयी भएका छन्। कफोकथुमको एकतप्पा बहुमुखी क्याम्पसमा निविरोध नेतृत्व चयन भएको छ। त्यहाँ अध्यक्षमा अनेरास्ववियुकी प्रतीक्षा खनाल, उपाध्यक्षमा नेविसंघकी आइस्मा खड्का, सचिवमा नेविसंघका भविन्द्र श्रेष्ठ, सहसचिवमा नेविसंघकै निशा बजगाईं तथा कोषाध्यक्षमा नेविसंघकी डम्बरकुमारी श्रेष्ठ चयन भएका छन्।
सदस्यहरूमा राम शर्मा, रञ्जना थापा, इन्दिरा बस्नेत, रोहन परियार र सरु दियाली चयन भएका छन्। माई नगरपालिकाको गरुवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका गोपाल आचार्य निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा अनेरास्ववियुकै सुमन पाण्डे चयन भएका छन् भने सचिवमा नेविसंघका चेतन कार्की चयन भएका छन्।
सहसचिवमा क्रान्तिकारीकी जेनिका राई र कोषाध्यक्षमा नेविसंघकी शान्ता गिरी छानिएका छन्। सदस्यहरूमा छत्रकुमारी लिम्बू, मनिमाया तामाङ, मनोज थापा, अञ्जना सिन्च्युरी, समीक्षा भारती, मिलन लिम्बू चयन भएका छन्।