मेची क्याम्पसमा खामबन्दी मतको विवाद, ठुलो संख्यामा प्रहरी परिचालन

मेची क्याम्पसमा खामबन्दी मतको विवाद, ठुलो संख्यामा प्रहरी परिचालन
सुन्नुहोस्

झापा : झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा खामबन्दी रहेको एउटा मतलाई लिएर विवाद उत्पन्न भएको छ। 

क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अन्तिम मतगणना नतिजा सार्वजनिक गर्ने क्रममा खुला सदस्य पदका उम्मेदवार अनेरास्ववियुका प्रन्सल मगर र नेविसंघका विवेक तामाङको मत बराबरी आएको छ। 

दुवै जनाले ९१४/९१४ मत ल्याएका छन्। नतिजा बराबरी भएपछि त्यसलाई टुङ्गाएर स्ववियु निर्वाचन समितिले अहिलेसम्म विजयी भएका उम्मेदवारहरूको नाम घोषणा गर्न पाएका छैन। 

घटना अनुसार हिजो मतदानको क्रमको अमृतबहादुर थापा नाममा दुई पटक मतदान भएको थियो। उनको नाममा पहिलो मतदान कुन विद्यार्थी गएर खसाल्यो कसैले थाहा नै पाएनन्। पछि अमृतबहादुर आफैं मतदान स्थल पुगेर मतदान गर्न खोज्दा उनको नामको मत खसिसकेको थियो। 

त्यस क्रममा केही विवाद भएपछि आन्तरिक छलफल गरी उनलाई मतदान गर्न दिइएको थियो। तर, उनको मत निर्वाचन समितिले खामबन्दी गरेर छुट्टै राखेका थिए। 

अहिले सदस्य पदमा बराबरी आएपछि अनेरास्ववियुले त्यो खामबन्दी खोल्नुपर्छ भन्दै आएका छन्, भने नेविसंघले खोल्न पाइँदैन, गोला प्रथाबाट यसलाई टुंग्याउनु पर्छ भनेपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको बताइएको छ। 

बेलुका ५ बजेदेखि भएको सो विवाद अझै पनि समाधान भएको छैन। दुवै पक्ष आआफ्नो अडानमा रहेको छ। विवादलाई मध्यनजर गरी क्याम्पस परिसरभित्र सशस्त्र र नेपाल प्रहरी व्यापक परिचालन गरिएको छ। 

यता मतगणना अनुसार अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितिसकेका छन्। उनले नेवि संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन्। 

धमलाले ९६० मत ल्याउँदा ढुङ्गानाले ८३० मत पाएका छन्। त्यस्तै सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भएका छन्। राई १ हजार १३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेविसंघका भीष्म घिमिरेले ९३३ मत पाएका छन्। कोषाध्यक्षमा भने नेविसंघका निलम कार्की विजयी भएका छन्। 

उनले १ हजार १५० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिल चौहानले ७२७ मत पाएका छन्। त्यस्तै अनेरास्ववियुले दुई वटा सदस्य जित्दा नेविसंघले पाँच वटा सदस्य पद जितेको छ। 

अनेरास्ववियुका तर्फबाट अनुषा भण्डारी ९३६, उद्देश्य भण्डारी १०७७, नेविसंघका तर्फबाट सौरभ ओस्ती ९७२, प्रजिन खतिवडा १००४, भीमार्जुन गिरी ९४३ , प्रतीक शाह रौनियार १००१ र विवेक ढकाल ९६५ मत ल्याई निर्वाचित भएका छन्। मेची बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त भएको हो।

कम्युनिस्ट पार्टीनिकट विद्यार्थी सङ्गठन लगायतले दुई वटा प्यानल बनाउँदा नेपाली काँग्रेसनिकट नेविसंघ एक्लै निर्वाचनमा होमिएको थियो। नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रविसंले संयुक्त प्यानल बनाएका थिए। 

अनेरास्ववियु प्रगतिशील संयुक्त सङ्गठन नाम दिइएको सो प्यानलबाट धमलाले अध्यक्षमा निर्वाचन लडेका थिए। त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका थिए। नेविसंघले सिंगल उम्मेदवारी दिएको थियो। 

सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन्। उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन्। आधिकारिक घोषणा हुन चाहिँ बाँकी छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.