जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सुन्नुहोस्

रौतहट : रौतहटको चन्द्रपुर धन्सार सडक खण्डमा जंगलमा घाँस काटन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

सोमबार बिहान साढे ९ बजे घाँस काटन गएकी चन्द्रपुर नगरपालिका-४ बस्ने  ४९ वर्षीया मिना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।  

जंगली हात्तीको आक्रमणबाट मगरको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरले जनाएको छ। 

हात्तीको आक्रमणपछि घटनास्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कुमार कर्ण, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटा लगायत पुगेका छन्।

सँगै घाँस काट्न गएकाहरूले भागेर ज्यान जोगाएका छन्। रौतहटमा हरेक वर्ष हात्तीले मानिस मार्ने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.