मूल्यवृद्धिको विरोधमा माइतिघरमा प्रदर्शन

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं: पछिल्लो समय मूल्यबृद्धि बढेको भन्दै काठमाडौंमा जनसचेतना तथा धर्ना कार्यक्रम गरिएको छ ।
उपभोक्ता जागरण अभियान नेपालले शनिबार काठमाडौंको माइतिघर मूल्यवृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको हो। हरेक वस्तुमा मूल्यवृद्धि हुँदासमेत राज्य मौन रहेको भन्दै उनीहरूले जनता नै जागरुप हुनुपर्ने बेला आएको बताएका छन्।
धर्नामा सहभागीले दोहोरो कर प्रणाली खारेज गर, बजार अनुगमन कतै देख्न पाइँदैन, बिचौलियाको सिण्डिकेट चाहिँदैन, अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर लगायतका प्लाकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले बजारमा हावी भएको सिण्डिकेट रोक्नुपर्ने र कालाबजारीलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !
