क्यान्सर कहर

क्यान्सर कहर

छोरी गुमाएका उनले श्रीमतीको उपचार निरन्तर गर्न थाले। एमीले उपचार निरन्तरता दिइन्। एक वर्ष भारतमा बसेर किमो लगाइन्। अहिले उनको क्यान्सर निको भएको छ। ‘बाँच्ने समय ६ महिना दिएको थियो डाक्टरले। अहिले ७ वर्ष भयो’, कर्मा भन्छन्।

लामो समयदेखि थाइल्यान्डमा बस्दै आएका कर्माको परिवारको दैनिकी दुःखसुख चलिरहेको थियो। २०१६ मार्चमा परिवारमा क्यान्सरको ग्रहण लाग्यो। ठूली छोरी प्रिमा कर्माचार्य एकाएक खुट्टा दुख्यो। दुखाइ बढ्दै गएपछि सामान्य चेकअफका लागि अस्पताल पुगे। डाक्टरले मसल दुखेको औषधि दिएर पठायो। औषधि लिएर घर फर्केको एक महिना बित्यो तर प्रिमालाई निको भएन। न त सुधार नै।

त्यसपछि उनीहरू हड्डीको डाक्टरकहाँ पुगे। ट्युमर भएको डाक्टरले शंका गर्यो। ट्युमरभन्दा निको होला भनेर खासै डर पनि लागेन। डाक्टरले उनलाई एमआरआई गर्न लगाए। रिपोर्टले क्यान्सर भन्यो। कर्मा सम्झिन्छन्, ‘जब डाक्टरले क्यान्सर भन्यो हामी त सल्याकसुलुक पो भयौं।, लगातार उपचारमा लाग्यौं। छोरीलाई भने क्यान्सर भएको भनेर सुनाएनौं। एकदिन छोरीलाई  एक्कासि सास फेर्न नसक्ने गरी सिजर भएको रहेछ हामीले जानेनौं।’

विदेशमा त ‘गुहार’ पनि पाइँदैन

‘हामी जब दुःखमा हुन्छौं वा घरमा कोही बिरामी हुन्छ तब गुहार माग्ने चलन हुन्छ तर विदेशमा त्यो सहज छैन’, उनले पीडा सुनाए। उनका अनुसार नेपालमा त गुहार भनेपछि सबै आउँछन् तर यहाँ त्यस्तो छैन। वरपर सबै थाईको घर छ। यहाँ त गुहारगुहारभन्दा पनि कोही आउँदैनन्। छोरीलाई एक्कासी सास फेर्न गाह्रो हुँदा अत्तालिएर छिमेकमा गुहार माग्दाको पीडा पनि सम्झन्छन् उनी तर त्यो समयमा कोही आउँदैनन्। हतारहतार आफू र श्रीमतीले छोरीलाई अस्पताल पुर्‍याउँछन्। ‘सिजर भएको प्राथमिक उपचार पनि हुँदोरहेछ तर हामीले जानेनौं’ उनले थपे। डाक्टरले छोरीको खुट्टा काट्ने र छोटो हुन सक्ने भन्दै नक्कली खुट्टा हाल्ने सुझाव दिए। ‘६-७ लाख जनामा एक जनालाई यस्तो रोग लाग्छ रे, जुन उनको छोरीको भागमा पर्‍यो’, कर्मा भन्छन्।

सम्झिन्छन्, एकपटक ठूलो स्वरले चिच्याएर यमराजसँग छोरीको प्राणको भिख मागौं जस्तो भयो। बोल्दाबोल्दै आवाज रोकियो। छोरीको छेउमा बसेकी श्रीमतीले दह्रो मुटु बनाएर हेरिरहेकी थिइन्। अन्ततः १४ वर्षकी छोरीलाई बचाउन सकेनौं।

छोरीलाई किमो, आमाको मन भनिन्छ नि, दुःखमाथि पीडा थपिन्छ। त्यस्तै भयो कर्मालाई। एकातिर छोरी रुँदै भन्छे, ड्याडी, निकै दुख्यो। छोरीको सुसारे बसेकी श्रीमतीको छाती चस्स दुख्न थाल्यो। त्यही समयमा छोरीको किमोथेरापी चढाउन सुरु हुँदै थियो। छाती दुखेको बच्चा बिरामी भएर होला भनेर आफन्तको सान्त्वना चित्त बुझाउने बाटो बन्यो एमीको। आफन्तको पहिचान दुःख पर्दा हुन्छ भनेजस्तै उनीहरूलाई पनि त्यो महसुस भयो। सान्त्वना दिए जस्तो गर्ने आफन्त अब बच्चा बाँच्दैनन् भनेर आउन छाडे। यता छोरीको पीडा बढ्दै थियो। उपचारका लागि अमेरिका वा अस्टे«लिया लाने योजना पनि बन्यो। तर यस्तो बिरामी प्लेनमा उड्नु हँुदैन भन्ने सुझाव डाक्टरबाट आएपछि लैजाने वातावरण बनेन। अर्कोतिर श्रीमतीको छातीको दुखाइ बढ्न थाल्यो। दुवैको मनमा चिसो पस्यो, चेकअफ गर्न अर्को अस्पताल पुगे।

४ ठाउँमा क्यान्सर छ भन्नेपछि...

अस्पताल पुगेर बायोप्सी गरेपछि क्यान्सर पुष्टि भयो। कर्माको जीवनमा अर्को बज्रपात पर्‍यो। क्यान्सरबाटै पीडित छोरी अर्कोतिर श्रीमतीलाई स्तन, लिभर, ब्रेन गरी चार ठाउँमा क्यान्सर भएको पुष्टि भयो। एमी एक साहसी महिला थिइन्। आफ्नोभन्दा छोरीको चिन्ता थियो उनलाई। डाक्टरसँग छोरी कति बाँच्छ ? भनेर सोध्ने आँट गरेकी थिइन् उनले। उनले डाक्टरलाई सोधिन्, म कति बाँच्छु ? डाक्टरले ६ महिनाको समय दियो। छोरीलाई किमो चढाएको छ। मैले पनि चढाएँ भने छोरीको स्याहारसुसार कस्ले गर्ला ? यही सोचेर एमीले किमो लगाउन मानिनन्।

कर्मा भने श्रीमती र छोरीका लागि कहाँ कुन औषधि पाइन्छ त भन्दै खोज्न थाले। ‘डाक्टर उसलाई ६ महिनामात्र बाँच्ने समय तोकेपछि उनी भक्कानिए। अनि भने, दुवैलाई बचाउँछु भन्दै गुगलमा के औषधि पाइन्छ भनेर खोज्न थाले। भारतबाट औषधि मगाउन थाले। जुन धेरै महँगो थियो। थाइल्यान्डमा पाइने औषधिहरू पनि खुवाए। क्यान्सरको औषधि यो पनि खाने ऊ पनि खाने अनि छोरी स्याहार गर्ने बस्ने गर्थिन् एमी। उनी सुनाउँछन्, ‘धेरै टाढा पुगेर कालो गाईको गहुत पनि खोजेर खुवाएँ। गाई पालेको ठाउँमा पुगेर पैसा र बोतल छोड्थें। बोतल भरिभरि ल्याएर खुवाउथें। धेरै भेटेको र थाहा भएसम्मको आयुर्वेदिक औषधि खुवाएँ।’

छोरी प्रिमामा विस्तारै सुधार हँुदै गयो। खुट्टाले हिँड्न थालिन्। श्रीमतीको पीडा छँदैछ। छोरीभन्दा म छिटो मर्छु भन्ने एमीलाई छ नै। म मर्दैछु, छोरी चाहिँ बाँच्नुपर्छ आमाको माया पनि छोरी माथि दर्शाउँछिन् एमी। दिनहरू बित्दै गए। छोरीलाई निको हुँदै गयो। प्रिमालाई नेपाल घुम्न आउने रहर जाग्यो। कर्माले छोरीको इच्छालाई नकार्न सकेनन्। बरु छोरी नेपाल जाने सक्छिन् कि सक्दिनन् भनेर जाँच गर्न थाले। साइकलिङ गर्न लगाए। पौडी खेल्न लगाए। आफैं हिँडेर सपिङ गर्न लगाए। स्थिति ठीकै देखेपछि डाक्टरको सल्लाहअनुसार उनले आमाछोरीलाई घुम्न नेपाल पठाए।

नेपाल पठाउनु गल्ती भयो 

छोरीको रहर पूरा गर्न नेपाल घुम्न पठाउन गरेको निर्णय गलत भएको कर्मा बताउँछन्। उनी सम्झिँदै भन्छन्, छोरी निको भयो भनेर डाक्टर र भगवान्लाई धन्यवाद दिए। तर, एकदम सिकिस्त भएको मान्छे निको भए जस्तो हुने र एक्कासि जाँदोरहेछ। कति ठाउँ ज्योतिषकहाँ पुगिन्। भगवान् पूजा व्रत थुप्रै मन्दिर धाइन् एमी। गरिब गुरुवालाई दान दक्षिणा गर्न बाँकी राखिनन्। कर्माले सुनाए। जब उनीहरू नेपाल आए। नेपालमा जाडो मौसम थियो। छोरीले निकै जाडोको महसुस गरेर बाबालाई फोन गर्दै आफू जाडोमा आत्तिएको सुनाइन्। ‘सानो छोरीको परीक्षा सकेर हामी पनि नेपाल आउने कुरा थियो। तर उसलाई निकै च्यापेपछि छिटो आयौं। प्रिमालाई अस्पताल भर्ना गरिसकेको पायौं’, कर्मा सम्झन्छन्।

थाइल्यान्ड र नेपालको औषधि पनि फरक परेर छोरीलाई समस्या भएको उनी बताउँछन्। ‘मैले बैंकक लैजान चाहें। नेपाल एयरलाइन्सलाई फोन गरे समस्या बताए। लैजान गाह्रो छ ४, ५ वटा सिट निकाल्नुपर्छ भन्दै थिए। धेरै आग्रह गरेपछि उनीहरूले हुन्छ भने।’ लाने तयारी गर्दै उनले कागजपत्र बनाए। छोरी सिरियस हुँदै गइन्। काठमाडौंमा रहेका सबै मन्दिरमा छोरीको प्राणको भिख माग्दै धाउन थाले कर्मा। प्रिमालाई आईसीयूमा राखियो। उनलाई बैंकक फिर्ता लाने तयारी भइसकेको थियो। कर्माले भन्छन्, ‘अर्को दिन खाना खाँदै थियौं। एक्कासि डाक्टरको फोन आयो, छोरीलाई गाह्रो भयो छिटो आउनू।’ छोरी भएको ठाउँमा पुग्यौं। उसलाई निकै गाह्रो भएको थियो। सास अड्केको हो कि जस्तो अक्सिजन दिइरहेको थियो। डाक्टरले तपाईंको छोरी बचाउन सकिएन भन्न थाले। सम्झिन्छन्, ‘एकपटक ठूलो स्वरले चिच्याएर यमराजसँग छोरीको प्राणको भिख मागौं जस्तो भयो। बोल्दाबोल्दै आवाज रोकियो। छोरीको छेउमा बसेकी श्रीमतीले दह्रो मुटु बनाएर हेरिरहेकी थिइन्। अन्ततः १४ वर्षकी छोरीलाई बचाउन सकेनौं। ट्युमर थाहा पाएको नौ महिनामै छोरीलाई क्यान्सरले लग्यो। त्यो दिन २०१६ डिसेम्बर २७ तारिख थियो। आमाबुवाको छोरीको लासको साक्षी बन्न पुगे।

छोरी गुमाएका उनले श्रीमतीको उपचार निरन्तर गर्न थाले। एमीले उपचार निरन्तरता दिइन्। एक वर्ष भारतमा बसेर किमो लगाइन्। अहिले उनको क्यान्सर निको भएको छ। ‘बाँच्ने समय ६ महिना दिएको थियो डाक्टरले। अहिले ७ वर्ष भयो। उनलाई पूर्ण रूपमा निको भएको डाक्टर बताउँछन्। कर्माले भने। छोरीको सम्झनामा क्यान्सर रोकथाम र महिला सशक्तीकरण पुस्तक लेखेको कर्मा बताउँछन्। जसमा क्यान्सरबारे जनचेतना फैलाउन मद्दत गर्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.