करोडौंका होल्डिङ सेन्टर प्रयोगविहीन

करोडौंका होल्डिङ सेन्टर प्रयोगविहीन
फाइल तस्बिर।
सुन्नुहोस्

महेन्द्रनगर : कोरोना महामारीका बेला सरकारले निर्माण गरेका होल्डिङ सेन्टरहरू प्रयोगविहीन बनेका छन्। संघीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा र कैलालीमा निर्माण गरेकोे एक÷एक हजार बेडको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो। 

एक हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना, स्वास्थ्यकर्मीका लागि २२ वटा शौचालय र १५ भान्सालगायतका संरचना निर्माण भइसकेका छन्। भीमदत्त नगरपालिकामा २९ करोड २५ लाख र २८ करोड ८१ लाख गरी दुई चरणमा हनुमान कन्सट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको हो। 

निर्माण सम्पन्न गरेर तयारी अवस्थामा रहे पनि करोडौंमा बनेका संरचना प्रयोगविहीन बनेका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले होल्डिङ सेन्टर प्रयोगमा ल्याउने विषयमा छलफल चलिरहेको बताए। ‘अहिले कसरी सञ्चालन गर्ने भन्ने विषय छलफलकै चरणमा छ’ उनले भने। ‘हामी निष्कर्षमा पुग्न सकेका छैनौं।’ केही समयअगाडि होल्डिङ सेन्टरहरूको उपयोगबारे रक्षा मन्त्रालयले कार्यदल बनाएर अध्ययन गरेको थियो। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले होल्डिङ सेन्टर प्रयोगका लागि छलफल भइरहेको बताए। ‘त्यही विषयमा हाम्रो बैठक बसेको छ, होल्डिङ सेन्टरको बहुउपयोगबारे प्रतिवेदन बनाएर पठाउछौं’, अर्यालले भने। कोरोना महामारीका बेला पनि निर्माण कम्पनीले तत्काल तीन सय बेड तयारी अवस्थामा राखेको भए पनि होल्डिङ सेन्टरको व्यवस्थापन कसले गर्ने भन्नेमै अन्योल देखिएका कारण संक्रमितहरू राखिएको थिएन।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.अर्जुन भट्टले सबै निकायले मिलेर उपयुक्त प्रयोजनका लागि होल्डिङ सेन्टरको प्रयोग गर्न सकिने बताए। ‘दुई÷तीन सय बेड भविष्यमा आउनेसक्ने महामारीको लागि आइसोलेसन प्रयोग गर्न मिल्नेगरी राख्दा उपयुक्त हुन्छ’ उनले भने ‘अन्य महामारीका बेला राहत, उद्धारका लागि पनि स्कुल प्रयोग गर्नुभन्दा होल्डिङ सेन्टर प्रयोग गर्नु उपयुक्त हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.