निःशुल्क स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर
फाइल तस्बिर।
सुन्नुहोस्

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल डोटीसँगको समन्वयमा बूढीगंगा नगरपालिकाले निःशुल्क शिविरको आयोजना गरेको हो। शिविरलाई नेपालगन्ज मेडिकल कलेजका  १० जना वरिष्ठ चिकित्सकहरूलगायत जिल्लाका ४० जना बढी स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए।

बाजुरा : बाजुराको बूढीगंगा नगरपालिका-६ माल्ताकी धनादेवी जैसीको ८ वर्षदेखि तल्लो पेट दुख्ने समस्या थियो। स्थानीय टाँटे स्वास्थ्यचौकीमा गएपछि सिटामोलमात्रै दिएर घर आउने गरेकी उनको निःशुल्क उपचार  हुने भएको छ।

उपचारका लागि ठूलो अस्पताल रेफर गरे पनि उनी आर्थिक अवस्थाका कारण बाहिर जान सकेकी थिइनन्। तर बूढीगंगा नगरपालिकाले आयोजना गरेको शिविरमा रोग पत्ता लागेपछि उनको निःशुल्क उपचार हुने भएको हो। 

‘यति लामो समयपछि पाठेघरको निःशुल्क उपचार हुने भएपछि खुसी लागेको छ’ धनाले भनिन्। बूढीगंगा नगरपालिकाले फागुन १ र २ गते पालिकामै विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो। सो शिविरमा चेक गराएकी धनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने पत्ता लागेको हो।

शिविरमा सेवा लिन आएका १९ जना महिलालाई स्त्रीरोग  तथा पाठेघरसम्बन्धी समस्या देखा परेको बूढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए। ‘१९ जना महिलामध्ये ११ जना महिलाको अप्रेसन नै गर्नु पर्ने भएको छ’ शाहले भने।

निःशुल्क विशेषज्ञ शिविरबाट ४ हजार ८ सय ९१ जनाले सेवा लिएका छन्। फागुन १ र २ गते सञ्चालन भएको शिविरमा ३ हजार १ सय ३ जनाले प्रत्यक्ष पुर्जा काटेर उपचार गराएका छन भने १ हजार ७ सय  ८८ जनाले परामर्शसहितको सेवा लिएको बूढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक शाहले बताए। 

नगरपालिकाले विपन्न समुदायलाई लक्षित गरेर बूढीगंगा, बडिमालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडे दह गाउँपालिकाका स्थानीयलाई सेवा दिने गरी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको बूढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए। अति गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा ठूलो संख्यामा नागरिकले सेवा लिएको नगर प्रमुख बानियाँले बताए।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल डोटीसँगको समन्वयमा बूढीगंगा नगरपालिकाले निःशुल्क शिविरको आयोजना गरेको हो। शिविरलाई नेपालगन्ज मेडिकल कलेजका  १० जना वरिष्ठ चिकित्सकहरूलगायत जिल्लाका ४० जना बढी स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए। 

शिविरमा उपचार गराएकामध्ये १ सय १९ जनालाई रिफर गरिएको छ। आँखाको अप्रेसनका लागि १ सय ४ जना बिरामीको पहिचान गरिएको छ। आँखाका बिरामीको अप्रेसनसहित हुनेगरी नगरपालिकाले सम्झौता गरिसकेकोले चाँडो नै नगरपालिकामै उपचार हुने नगरप्रमुख रामबहादुर बानियाँले बताए।

त्यस्तै शिविरमा १९ जनाको पाठेघरको मुखको संक्रमण देखिएका बिरामी भेटिएकोले त्यस्ता बिरामीको लागि अछाम र बाजुरालाई लक्षित गरेर दुवै ठाउँका बिरामीलाई पायक पर्ने ठाउँमा अप्रेसनसहितको शिविरको आयोजनाको लागि सहमति भएर तुरुन्नै शिविर सञ्चालन गरिने प्रमुख बानियाँले बताए।

अन्य बिरामीको हकमा कोहलपुर मेडिकल कलेजसँग समन्वय भइरहेको बताए।  कोहलपुर मेडिकल कलेजले उपचारमा रहयोग गर्ने र नगरपालिकाले आउने जाने भाडा बस्ने व्यवस्था मिलाउने गरी कुरा अगाडि बढिरहेको उनले बताए। 

शिविरमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी तथा नसासम्बन्धी विशेषज्ञसहितको सेवा प्रदान गरिएको छ। त्यसैगरी मानसिक रोग, आँखा परीक्षण, जनरल फिजियसन, बालरोग विशेषज्ञ, स्त्रीरोग र शल्यचिकित्सालगायतका सेवाहरू प्रदान गरिएको नगरपालिकाले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.