अन्तर प्रदेश भलिबलको उपाधि एपीएफलाई

सुन्नुहोस्
Powered by
ONE
मलंगवा: सर्लाहीको मलंगवा नगरपालिका वडा नं. १२ गम्हरियामा आयोजित अन्तर प्रदेश भलिबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
माइस्थान युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइलन खेलमा एपीएफले झापालाई पराजित गर्दै उपाधि चुमेको हो । ३–० को सिधा सेटमा पराजित गर्दै एपीएफ विजेता बनेको वडा नं. १२ का वडा अध्यक्ष रामदरेश रायले जानकरी दिए।
विजेता बनेका एपीएफलाई नगद १ लाख २० हजार रुपैयाँसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिएको छ। उपविजेता झापाले नगद ६५ हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !
