बैंक कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं: नेपाल बैंकर्स संघ (एनबीए)ले बैंक/वित्तीय तथा लघुवित्त संस्थाका कर्मचारीमाथि भएको आक्रमणको भत्सना गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गरेको छ ।
यस्तो गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून हातमा लिने काम गरेको यस्ता अराजक घट्नालाई छिटै नियन्त्रण गर्न सम्बन्धित निकायसंग अनुरोध गरेको छ। यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने संघको भनाइ छ ।
केही व्यक्ति/समूहहरुले दिइएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहारप्रति संघले आपत्ति जनाएको छ।
संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेका संघको गुनासो छ। ‘यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यस प्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !
