चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा फर्किने मौका

चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा फर्किने मौका
सुन्नुहोस्

काठमाडौं : साविक विजेता मछिन्द्र क्बलसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किने मौका गुमाएको छ। 

च्यासल रंगशालामा भएको खेलमा मछिन्द्रलाई प्राय समय दबाबमा राखेपनि सटिक फिनिसिङको अभावमा चर्च ब्वाइज अंक बाँड्न बाध्य भयो।

अर्कातिर विरलै मौका पाएको मछिन्द्रले आधाभन्दा धेरै समय १० जनामा बिताउनु पर्यो। पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा पुजन उपरकोटीले चर्च ब्वाइजका जोसेफ बेम्पालाई कुहिनाले हिर्काएपछि रातो कार्ड पाएका थिए।

पहिलो हाफ अघि नै १० जनामा सीमित मछिन्द्रले भने चर्च ब्वाइजसँग एक अंक खोस्न भ्यायो। सुरुआतदेखि नै आक्रमक बनेको चर्च ब्वाइजका फरवार्ड आशिष चौधरीले ११औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।

त्यसअघि मछिन्द्रका आफिज ओलावाले ओलाडिपोले पाचौं मिनेटमा हेडरमार्फत गरेको प्रहार फितलो सावित भएको थियो। पहिलो हाफमा प्रभावशाली देखिएको चर्च ब्वाइजका लागि २७औं मिनेटमा आशिष चौधरीको पासमा आशिष चापागाईँले उत्कृष्ट मौका गुमाएका थिए।

null

दोस्रो हाफमा आशिष चापागाईँले दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका एरिक विष्टले गरेको सशक्त प्रहार फ्रेममा परेको थिएन।

खेलको म्यान अफ दी म्याच घोषित भएका आशिष चौधरीले पहिलो मिनेटमै गरेको सशक्त प्रहार मछिन्द्रका डिफेन्डर ओमोलाजा नुरेन करिमले ब्लक गरेका थिए।

तुलनात्मकरूपमा प्रभावशाली रहे पनि चर्च ब्वाइजलाई गोलकर्ताको खाँचो रह्यो। त्यसैले आधाभन्दा धेरै समय १० जनामा सीमित बनेको मछिन्द्रको फाइदा उठाउन असफल रह्यो।

खेलपछि मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले जितका लागि आए पनि पुजनले रातो कार्ड पाएपछि चर्च ब्वाइजलाई रोक्ने रणनीति बनाउनु परेको प्रतिक्रिया दिए।

'आजको खेलमा हामी जितकै लागि आएका थियौं, रातो कार्ड खाएपछि मिडफिल्ड टाइट गरेर रोक्ने रणनीति बनाउनु पर्यो,' उनले भने, 'रेफ्रीले ह्विसल अगाडि नै नबजाउनाले पनि रातो कार्डको परिस्थिति सिर्जना भयो।'

पहिले नै फाउल भइसकेको र पुजनले कुहिनाले हान्नु अगाडि नै रेफ्रीले ह्विसल बजाइदिएको भए सायद त्यो अवस्था नआउने उनको तर्क थियो।

यद्यपि, एक व्याबसायिक खेलाडीले त्यस्तो गर्नु नहुने बताउँदै रातो कार्ड दिने रेफ्रीको निर्णय स्वीकार गरे।
विपक्षी टिमबारे बोल्दै सहायक प्रशिक्षक न्यौपानेले 'चर्च ब्वाइजको आत्म विश्वास र विजयी मानसिकता' भएको टिप्पणी गरेका थिए।

null

यस्तै, चर्च ब्वाइजका प्रशिक्षक रमेश दंगलले तीन अंकको लक्ष्य लिए पनि सफल नभएको प्रतिक्रिया दिए।
'आज तीन अंक लिने भनेर आएका थियौं। तर, सकिएन' उनले भने, 'सुरुदेखि हामीले गोल गर्न खोजेका थियौं। पाँच मिनेटमै गोल गर्ने अवसर पाएका थियौं।'

चर्च ब्वाइजको टिममा अञ्जन विष्टको खाँचो परिरहेको उनले सुनाए। अञ्जन अनुहारको चोटका कारण कम्तिमा १० दिन मैदान बाहिर रहने छन्। र, त्यसपछिको चेक-अपपछि मात्रै निश्चित समयबारे थाहा हुने उनले सुनाए।

यस्तै आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई १-० को नतिजामा पराजित गरेको छ। जावलाखेलका लागि एन्कोटो मासोवाबीले गरेको एक मात्र गोल निर्णायक बन्यो।

आजको बराबरीसँगै चर्च ब्वाइज पाँच खेलबाट ११ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। यस्तै, समान खेलबाट पाँच अंक जोडेको साविक विजेता मछिन्द्र ११औं स्थानमा छ।

यस्तै, आजै तीन अंक जोडेको जावलाखेल पाँच खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट सात अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.