जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि फिदिमलाई

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि फिदिमलाई
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

फिदिम : फिदिम नगरपालिका १० याङनाममा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिड शिल्ड प्रतियोगिताको उपाधि फिदिम नगरपालिकाले कब्जा गेको छ । २० स्वर्ण, १६ राजत र ५ कास्यपदकसहित फिदिमले उपाधि हात पारेको हो । 

११ स्वर्ण, ५ राजत र ६ कास्यपदकसहित याङवरक गाँउपालिकाले दोस्रो स्थान प्राप्त गर्दा ६ स्वर्ण ५ रजत र ३ कास्यपदकसहति फाल्गुनन्दा गाँउपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ । मिक्लाजुङ गाँउपालिकाले ६ स्वर्ण, ३ रजत र ५ कास्यपदक प्राप्त गरेर चौंथो स्थानमा चित्त बुझायो । कुम्मायक गाँउपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कास्यपदक प्राप्त गरेर पाँचौ स्थान प्राप्त गर्‍यो । 

२ स्वर्ण, ४ रजत र २ कास्यपदक सहित फालेलुङ गाँउपालिकाले छैठौ स्थान प्राप्त गर्दा १ स्वर्ण, ७ रजत र २ कास्यपदक प्राप्त गरेर हिलिहाङ गाँउपालिकाले सातौँ स्थान प्राप्त गरेको हो । प्रतियोगितामा जिल्लाका सात वटा स्थानीय तहले भाग लिएका थिए । जिल्लाका आठ स्थानीय तहमध्ये तुम्बेवा गाँउपालिकाले प्रतियोगितामा भाग नलिएको हो ।  

उपाधि बिजेता फिदिमलाई  कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेले पुरस्कारसहित शिल्ड प्रदान गरे । पुरस्कार बितरण कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी गणेश गैरे लगायतको उपस्थिति थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.