ऐतिहासिक क्रिकेट टिमलाई बागमती प्रदेशले जनही १ लाख दिने

ऐतिहासिक क्रिकेट टिमलाई बागमती प्रदेशले जनही १ लाख दिने
मुख्यमन्त्री शालिकराम जम्कट्टेल।
सुन्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन्।

हेटौंडा : विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन्। 

‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं’, उनले भने। बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन्। 

नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.