दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा ठूलो क्षेप्यास्त्र प्रहार

दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा ठूलो क्षेप्यास्त्र प्रहार
फाइल तस्बिर।
सुन्नुहोस्

उत्तर कोरीया : दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ ।

जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका छन्। बिहीबार बिहान प्रहार गरिएको मिसाइल करिब एक हजार किलोमिटर पर जापानको पश्चिममा समुद्रमा खसेको थियो ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समय बिहान ७:१० मा  मिसाइल प्रक्षेपण गरिएको थियो।

जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र आईसीबीएम भएको स्वीकार गरेको छ । मन्त्रालयले करिब ७० मिनेटमा ६ हजार किलोमिटरभन्दा बढी उडान गरेको जनायो। मिसाइलको फायरपावर अमेरिकासम्म पुग्ने रहेको बताइएको छ ।

पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो । यद्यपि बाँकी मिसाइलहरू छोटो दूरीका थिए।

कोरियाली प्रायद्वीप नजिक अमेरिका र दक्षिण कोरियाबीच जारी नौसेना अभ्यासको बीचमा उत्तर कोरियाले यो कदम चालेको हो । उत्तर कोरियाले धेरै पटक यस्तो कार्यलाई युद्धाभ्यास उक्साउने कामको रूपमा हेरेको बताएको छ।

तर, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले यो मिसाइल प्रक्षेपणपछि अमेरिकासँगको यो संयुक्त अभ्यास जारी रहने बताएका छन् ।

उनले  उत्तर कोरियाले आफ्ना यस्ता कार्यका लागि भागिदार हुनुपर्ने बताएका छन्। 
बिहीबारको मिसाइल प्रक्षेपणपछि दक्षिण कोरिया र जापानले पनि  राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने घोषणा गरेका छन् । बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.