ए डिभिजन लिगः लय समात्दै मनाङ

ए डिभिजन लिगः लय समात्दै मनाङ
तस्बिर: अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौंः आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार न्यूरोड टिम (एनआरटी)लाई ३–१ को नतिजामा पराजित गरेको छ। त्रिपुरेश्वर दशरथ रंगशालामा सहज जित निकालेसँगै मनाङले अपराजित यात्रा कायम राखेको छ।

पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटा क्लबलाई १–० ले हराएको थियो। तेस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा अल्झिएको मनाङले बुधबार सिजनको दोस्रो जित निकाल्यो।

एनआरटीको निरन्तर दबाबमा पनि संगठित देखिएको मनाङले ३९औं मिनेटमा रोशन राना मगरको गोलसँगै अग्रता लिएको थियो। लेफ्ट ब्याक रन्दीप पौडेलले दिएको पासलाई फ्लान्कमा तीव्र गतिमा दौडिएका रोशन पेनाल्टी एरिया भित्र बल नियन्त्रणमा लिन सफल भएका थिए। पेनाल्टी एरियाको रेखामा बल नियन्त्रणमा लिएका रोशनले बक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गरेका थिए।

अग्रता लिएसँगै थप आक्रामक बनेको मनाङले ६८औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने मौका पायो। एनआरटीका गौरब श्रेष्ठले मनाङका उज्बेक खेलाडी साइदजामोल डाभ्लाट्जोनोभलाई १८ यार्ड बक्स भित्र फाउल गरेका थिए। सोही पेनाल्टीलाई डाभ्लाट्जोनोभले गोलमा परिणत गरेका थिए।

कोफी कोदोले ८७औं मिनेटमा तेस्रो गोल गर्दै मनाङका तीन अंक सुनिश्चित गरेका थिए। इन्जुरी समयमा एनआरटीका अशोक थापाले एक गोल फर्काए। गौरब श्रेष्ठले बायाँतर्फबाट दिएको पासमा ६ यार्ड बक्स अगाडि रहेका अशोकले हेडरमार्फत सुन्दर गोल गरेका थिए।

null

मनाङका विसन गुरुङले पहिलो मिनेटमै गोल गर्ने सुन्दर मौका खेर फालेका थिए। एनआरटीका मोहित गुरुङले पेनाल्टी एरियामा दिएको ब्याक पासमा जिन बोउमी चिप्लिएर नियन्त्रण गुमाउँदा वान् भर्सेज वानमा विसनले मौका पाएका थिए। तर, उनको फितलो प्रहार बचाउन एनआरटीका गोलकिपर पुजन होनाले केही मेहेनत गर्नु परेन।

एनआरटीका भारतीय फरवार्ड लालमिन्जामाले तेस्रो मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन। मनाङका डियावान्डौ डियानेले पाँचौं मिनेटमा एनआरटीका कृतिषरन्त छुन्जुलाई पेनाल्टी एरिया अगाडि फाउल गरेका थिए। आशिष राईले प्रहार गरेको त्यो फ्रि–किक मनाङले सहजै बचाउ गर्यो।

जितसँगै मनाङले आठ अंक जोडेको छ। सुरुआती चारमध्ये तीन खेलमा पराजित एनआरटीको एक अंक छ। पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग २–१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा जावलाखेलसँग पनि सोही नतिजामा पराजित भएको थियो।

तेस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.