ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगित, जेठ १३ मा गर्ने सहमति

ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगित, जेठ १३ मा गर्ने सहमति
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हालका लागि स्थगीत गरि साढे २ महिना पछि धकेलिएको छ । चैत ८ मा हुने भनिएको निर्वाचन हालका लागि स्थगीत गरि अब जेठ १३ गते गर्ने सहमति राजनीतिक दल र क्याम्पस प्रशासनबीच भएको हो । 

निर्वाचन समितिले दुई/दुईइ पटक प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विधार्थी संघसंगठनले  विवाद गर्दै क्याम्पसमा आगजनी र तालाबन्दी समेत गरेपछि स्ववियु निर्वाचन साढे २ महिनापछि धकेलिएको हो । 

देशभरका क्याम्पसमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने चैत ८ गते गर्ने गरि निर्वाचन कार्यतालिका निर्वाचन समितिले फागुन २९ गते सार्वजनिक गरेको थियो । तर विधार्थी संगठनको विवादका कारण ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन अब आगामी जेठ १३ गते गर्ने सहमति क्याम्पस प्रशासन र राजनीतिक दलहरुले गरेका हुन्  ।

 
जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार बिहान दोस्रो पटक बसेको सर्वपक्षीय बैठकमा विधार्थी संगठनको विवादका कारण चैत ८ गते स्ववियु निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको र चैत १२ देखि विभिन्न संकायको परीक्षा सुरू हुने भएका कारण अब जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सचिव तबरेज आलमले जानकारी दिए ।

बैठकमा सहभागी नेपाली कांग्रेसका जिल्ला सहसचिव नवीन सिंहले पनि चैत ८ मा निर्वाचन हुनसक्ने परिस्थिति नभएका कारण जेठ १३ मा गर्ने सहमति गरिएको बताए ।  उक्त सहमति अनुसार ,अब निर्वाचन समितिले जेठ १३ मा निर्वाचन गर्ने गरि सूचना जारी गर्ने क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले जानकारी दिए । 

यसअघि निर्वाचन समितिले तोकेको चैत ८ मा भने निर्वाचन गर्न सम्भव नै नभएको उनले पनि बताए । किनकि चैत १२ देखि क्याम्पसमा परीक्षा सुरू हुने र त्यो तै महिनाभरि चल्ने ,त्यसपछि बैशाख ४ गते देखि फेरि अरु संकायको परीक्षा शुरु हुने भएका कारण जेठमा निर्वाचन गर्ने सहमति गरिएको चौरसियाले बताए । 

बैठकमा यसअघि प्रकाशीत मतदाता नामावलीको विषयमा विधार्थी संगठनले जनाएको विरोध र विवादबारे पनि छलफल भएको भन्दै चौरसियाले त्यसबारे पुन छानबिन गरि अर्को मतदाता नामावली तयार पारिने पनि उनले बताए । 
  
बुधबारको सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ,प्रहरी उपरिक्षक कोमल शाह ,क्याम्पस प्रमुख चौरसिया , निर्वाचन अधिकृत रोशन लामिछाने , नेपाली कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह ,जसपाका जिल्ला सचिव तबरेज अहमद ,नेकपा एमालेका नेता शीवजी गुप्ता ,नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्तालगायतको सहभागिता थियो । बैठकमा विधार्थी संघसंगठनका नेतालाई पनि सहभागी गराइएको थिएन । 
 
निर्वाचन समितिले फागुन २१ र फागुन २९ मा गरि प्रकाशन गरेको मतदाता नामावलीमा फर्जि विधार्थीको पनि नाम समावेश गरिएको भन्दै विधार्थी संघसंगठनले मङगलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका थिए । मतदाता नामावली छानबिन गरि निष्पक्ष निर्वाचन गराउनुपर्ने माग गर्दै विधार्थी नेताहरु मङगलबार नै अपरान्हदेखि क्याम्पसमा अनसनमा पनि बसेका छन् । उनीहरुको अनसन बुधबार पनि जारी छ । 

सर्वपक्षीय बैठकले स्ववियु निर्वाचन हालका लागि स्थगीत गरि साढे दुई महिनापछि धकेलेर जेठ १३ मा गर्ने सहमति गरेपछि अनसनामा बसेका विधार्थी नेताहरू थप आक्रोशीत बनेका छन् । 
अनसनमा बसेका नेविसंघका नेता मुनराज तिवारीले स्ववियु निर्वाचन स्थगित गरि जेठ १३ मा गर्ने सर्वपक्षीय बैठकको सहमति आफूहरुलाई मान्य नभएको बताए । 

विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने काम भएको भन्दै उनले भने,‘ हामी सबै संगठन निर्धारित मितिमै चुनाव हुनुपर्छ भन्ने पक्षमा हुँदाहुँदै सिडिओ अफिसमा बसेर चुनाव स्थगीत गर्ने सहमति गरेका छन् , त्यो हामीलाई मान्य छैन । '

क्याम्पस प्रमुख ,निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले अनसनस्थलमा आएर विद्यार्थी नेताहरूसँग कुरा नगरेसम्म आफूहरूको आन्दोलन र अनसन जारी नै रहने उनले बताए । स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले गत सोमबार प्रकाशन गरेको संशोधित निर्वाचन तालिका अनुसार ,मंगलबार मनोनयन पत्र वितरण र बुधबार मनोयन पत्र दाखिलाको कार्यक्रम तय थियो । मतदान भने चैत ८ गते हुने निर्वाचन तालिकामा उल्लेख थियो ।

तर, सोमबार निर्वाचन समितिले जारी गरेको ९ हजार ७ सय मतदाताको नामावलीप्रति विरोध जनाउँदै मंगलबार बिहान विद्यार्थी संगठनले फोटोसहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने माग राखेर क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरिदिएका थिए । 

जसका कारण मंगलबार मनोनयनपत्र वितरण कार्य नै हुन सकेन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.