राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने
सुन्नुहोस्

बुटवल: राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ ।

बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरुद्ध चैतमा देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीले चैत १० देखि २० गतेसम्म संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिए ।

केसीका अनुसार अभियानअन्तर्गत सभा,कोणसभा गरिनेछ । जनमोर्चाले संघीयता खारेजको अभियान सञ्‍चालन गर्दै आएको छ ।

पार्टीको जनाआधार भएका जिल्ला प्यूठान,बाग्लुङ,अर्घाखाँची सहित रुपन्देही, कैलाली, कन्चनपुरमा ठूला सभा र कार्यक्रम गर्ने निर्णय भएको केसीले जानकारी गराए । संघीयताले देशलाई टाट पल्टाएको निष्कर्ष सहित यसको खारेजीको माग गर्दै विरोधका कार्यक्रम तय भएको पार्टीले जनाएको छ । 

बैठकले २०८० सालको वैशाख १ गतेदेखि जेठ महिनाभरी संगठनात्मक कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.