५१ वर्ष अघिको नबिन किशोरको ‘टिकुली ट्याक’ सार्वजनिक

५१ वर्ष अघिको नबिन किशोरको ‘टिकुली ट्याक’ सार्वजनिक
सुन्नुहोस्

ईले आफ्नो स्वरमा ‘टिकुली ट्याक’ त्यो समयमा नै रत्न रेकर्डिङ संस्थानको माध्यमबाट रेडियो नेपालमा रेकर्ड भएको तर अहिलेको इन्टरनेटका कुनैपनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोताले सुन्न नपाएको जानकारी दिए।

काठमाडौं : वरिष्ठ गायक तथा सर्जक नबिन किशोर राईले वि.सं. २०२८ सालमा बनाएको ‘टिकुली ट्याक’बोलको गीत सार्वजनिक गरिएको छ। ५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतको सोमबार काठमाडौंमा भिडियो प्रिमियर गरिएको हो। 

रमेश प्रसाईंको स्वरमा रहेको गीतमा राईकै शब्द र संगीत छ। गीत निर्माणको काम भिडियो निर्देशक तथा कलाकार दीपक आचार्य (काकु)ले लिएका हुन्। गायक राईसँग अनुमति लिएर रमेश प्रसाईको स्वरमा पुनः रेकर्ड गरिएको निर्देशक आचार्यले जानकारी दिए। आफ्नो जीवनकालमा सयबढी गीत गाएका राईको ‘टिकुली ट्याक’पहिलो गीत हो।

कार्यक्रममा राईले आफू अहिले ८० वर्ष पुगेको र ३० वर्षअघि नै गीत गाउन छाडेको जानकारी दिए। उनले स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडेको तर गीत सिर्जना अहिले पनि गरिरहेको बताए। 

‘दीपक जीको टिम आउनुभयो, दाई हामीले यो गीत रेकर्ड गछौं, भिडियो बनाउँछौं भन्नुभयो। मलाई खुसी लाग्यो। आज यसरी सबैले सुन्न हेर्न मिल्ने बनाइदिनुभयो।’ वरिष्ठ गायक राईले भने। ‘मिहिनत गरेर भिडियो पनि बनाउनुभएको छ। हेर्दा आनन्द लाग्यो।’

राईले आफ्नो स्वरमा ‘टिकुली ट्याक’ त्यो समयमा नै रत्न रेकर्डिङ संस्थानको माध्यमबाट रेडियो नेपालमा रेकर्ड भएको तर अहिलेको इन्टरनेटका कुनैपनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोताले सुन्न नपाएको जानकारी दिए। उनले रमेश प्रसाईंले आफ्नो गीतलाई न्याय दिएको भन्दै धन्यवाद व्यक्त गरे। गीतलाई विपिन आचार्यले एरेन्ज गरेका हुन्।

भिडियोमा कलाकार हरिश निरौला, प्रियना आचार्य, पुस्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माको अभिनय रहेको छ। सुबोल थापाको कोरियोग्राफि रहेको भिडियो पवन सुस्लिङले खिचेका हुन्। यस गीतको निर्माताको रुपमा सुस्मा गुरागाईँ रहेकी छन्। भिडियो निर्देशनको पाटो दीपक आचार्यले सम्हालेका छन्। भिडियो संखुवासभा, तेह्रथुम र धनकुटामा छायांकन गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.