अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढेपछि अर्घाखाँचीका कृषक आकर्षित

अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढेपछि अर्घाखाँचीका कृषक आकर्षित
सुन्नुहोस्

अर्घाखाँचीमा ४५ हेक्टर क्षेत्रफलमा कफी खेती गरिरहेका छन्। यस वर्ष २८ देखि ३० हेक्टर क्षेत्रफलमा कफी उत्पादन हुन्छ।

सन्धिखर्क : अन्तर्राष्ट्रियमा बजार कफीको माग बढेपछि अर्घाखाँचीका कृषक कफी खेतीमा आकर्षित भएका छन्। शितगंगा नगरपालिका-३ खसर्काका महिलाहरु जनजागृती महलिा कफी कृषक समूह बनाएर व्यवसायीक कफी खेतीमा लागेका छन्। 

कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको कफी महिला समूहकी अध्यक्ष मीना भुसालले बताइन्। ‘खसर्का गाउँमा मात्रै ८० रोपनीभन्दा बढी क्षेत्रफलमा कफी रहेको र यसलाई बढाएर एक सय ५० रोपनीमा पुर्‍याउन समूहका महिलाहरु लागि परेका छन्।’ वार्षिक २० क्वीन्टल पार्चमेन्ट कफी बाहिर पठाउने भुसालको भनाई छ। 

मकै खेती, गँहु खेती गर्ने बारीमा अहिले खसर्काका महिलाहरुले बारी भरी कफी लगाएको स्थानीय महिला दुर्पता न्यौपानेले बताइन्। अरु खेतीमा भन्दा कफी खेतीमा आम्दानी बढी हुने भएपछि कफी खेतीमा लागेको उनको भनाई छ। 

शितगंगा ३ ठाडाका मित्रलाल बेल्वासेले २ सय रोपनी जग्गामा १० हजार भन्दा बढी कफीका विरुवा लगाएका छन्। भारतमा रोजगारी गर्दै आएका उनी गाउँमै केही गर्न सकिन्छ भन्ने मान्यताका साथ गाउँमा फर्किएर ठाडा र जुकेनामा जग्गा किनरै कफी खेतीमा लागेका हुन्। पाँच हजार कफीका विरुवा अहिलेको वर्ष लगाउने योजना रहेको उनको भनाई छ। 

'रोजगारीको लागि पहाड छाडेर तराई झरेका युवाहरुलाई पनि उनले गाउँमै केही गर्न सुझाव दिए।' आफ्नो कृषि फर्म र कफी खेतीमा गरी ८ जनालाई रोजगारी दिएको उनको भनाई छ। 

अर्घाखाँचीमा ०५८ सालदेखी कफि व्यवसायी संघ स्थापना गरी, व्यावसायिक रुपमा व्यवसाय सुरु गरिएको थियो। अर्घाखाचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए।
अर्गानिक कफी उत्पादन गर्ने कृषकलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रमहरु सञ्चालन गरेको छ। कृषकहरुलाई विरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिंचाई टंकीलगायतका कार्य तथा प्राविधिक रुपमा सहयोग परियोजनाले गर्दै आएको छ। 

अर्घाखाँचीमा ४५ हेक्टर क्षेत्रफलमा कफी खेती गरिरहेका छन्। यस वर्ष २८ देखि ३० हेक्टर क्षेत्रफलमा कफी उत्पादन हुन्छ। धन्नै १८ हेक्टर क्षेत्रफलमा कफीका विरुवाहरु हुर्कि राखेको छ। 

कृषकहरुले कफी संकलन गर्ने र प्रोसेसिंग गरेर काठमाडौंमा हरेका व्यापारीसँग सम्पर्क गरेपछि युरोप, अमेरिका, कोरिया, जापान लगायतका देशमा निर्यात हुन्छ।  गुणस्तरमा अर्गानिक भएको कफीको बिक्रीका लागि कुनै समस्या नभएकाले कफी खेतीमा कृषकहरु लागि परेको प्रमुख जिल्ला अधिकारी मिना अर्यालको भनाई छ। उत्पादन कम भएका कारण निकासीका लागि समस्या भएको बताउदै व्यवसायीक रुपमा कृषि पेशामा लागेर उत्पादन बृद्धि गर्न कृषकहरुलाई आग्रह गरिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.