वडा सदस्यले हडपेको जग्गा वीरगन्ज महानगरले फिर्ता ल्यायो

वडा सदस्यले हडपेको जग्गा वीरगन्ज महानगरले फिर्ता ल्यायो
तस्बिर : क्रान्ति साह
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले अतिक्रमित ५ विघाभन्दा बढी सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याएको छ । महानगरको वडा नम्बर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको हो । 

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र नीजि जग्गा छुट्याएर सार्वजनिक जग्गामा सोमबारदेखि तारबार लगाउने काम समेत सुरू गरेको छ । उक्त जग्गामा तारबारपछि वृक्षारोपण गर्ने योजना रहेको महानगरका मेयर राजेशमान सिंहले बताए । 

सार्वजनिक तथा ऐलानी जग्गा केहि व्याक्तिहरूले अतिक्रण गरी नीजि प्रयोजनमा प्रयोग गर्दै आएको सूचना पाएपछि महानगरको टोली नक्सा लिएरै कोनियाँ गाउँ पुगेको थियो । 

अतिक्रमित जग्गा वडा नम्बर १७ का वडासदस्य अमोद यादवसहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए । यादव एक्लैले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी नीजि प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्बर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए ।  

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उनले जानकारी दिए । 


मेयर सिंहले महानगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नम्बर १७ को ५ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताए । 

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहँदा खोजिमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उनले जानकारी दिए । 


महानगरमा अतिक्रमण भएको ५ विघाभन्दा बढी जग्गा एकैपटक अधिनमा ल्याएको यो पहिलो घटना हो ।  ’हामीले आज ठूलो सफलता प्राप्त गरेका छौँ,'मेयर सिंहले भने,’अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याएको पहिलो पटक हो ।’ 

यो अभियान महानगरका ३२ वटै वडामा सञ्‍चालन हुने पनि उनले बताए । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि मेयर सिंहले बताए । 

अतिक्रमित जग्गा खोजी गर्न सोमबार कोनियाँ गाउँमा मेयर सिंहको सचिवालयका हरि पोखरेल,जनसम्पर्क सल्लाहकार नवराज फुयाँल,वडा नम्बर १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया,नगर प्रहरी प्रमुख हरि भुषाल,अमिन लेखनारायण कर्णसहितको टोली पुगेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.