जाजरकोटलाई ५ वर्ष भित्र बालविबाह मुक्त गरिने

जाजरकोटलाई ५ वर्ष भित्र बालविबाह मुक्त गरिने
तस्बिर : राजेन्द्र कार्की।
सुन्नुहोस्

जाजरकोट : जाजरकोटका सबै पालिकाले ५ वर्ष भित्र बालविवाहमुक्त जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बालविवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखहरुले सन् २०२८ सम्ममा जाजरकोटलाई बालविवाह मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।nullजिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको कार्यक्रममा पालिकाका सरकार प्रमुख तथा उनीहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो। विभिन्न ८ बुँदे साझा प्रतिबद्धता व्यक्त गर्दै बालबालिकामाथि हुने सबै खालका हिंसासमेत अन्त्यका लागि उनीहरुले प्रतिवद्धता व्यक्त गरेका हुन्।

स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्था गर्ने, बालविवाह गर्ने र गराउने, भोजभतेरमा संलग्न हुने, मेलमिलाप गराउने जनप्रनिधि, कर्मचारी, राजनीतिकर्मी र सर्वसाधारणको नाम सार्वजनिक गर्ने, सचेतिकरणका कार्यक्रम संचालन गर्ने लगायतका ८ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ६५ प्रतिशतले १९ वर्ष नपुग्दै बिहे गर्ने गरेका छन्।

कार्यक्रममा बालबालिकाको संरक्षण सबैको साझा दायित्व भएकोले स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्नेमा  जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.