अमरगढीलाई अग्नि नियन्त्रक सामग्री हस्तान्तरण

अमरगढीलाई अग्नि नियन्त्रक सामग्री हस्तान्तरण
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकालाई ३० लाख रुपैयाँ बराबरको अग्नि नियन्त्रण तथा खोज र उद्धारमा काम लाग्ने सामग्री हस्तान्तरण गरिएको छ। 

अमरगढी नगरपालिका वडा नं. ५ र ७ मा सञ्चालित यूएसआईडीको सुपर परियोजनाले २९ लाख ७५ हजार रुपैयाँ बराबर पर्ने आगो नियन्त्रक र खोज तथा उद्धारका सामग्री उपलब्ध गराएको हो। 

अमरगढी नगरपालिकालाई २७ प्रकारका आगो नियन्त्रण गर्न आवश्यक सेफ्टी उपकरण र अमरगढीकै वडा नं. ५ र ७ लाई खोज तथा उद्धारमा आवश्यक पर्ने ४५ प्रकारका सामग्रीहरू उपलब्ध गराइएको छ।

विपतका बेला आवश्यक पर्ने २७ प्रकारका खोज तथा उद्धारमा काम लाग्ने सामाग्री दिइएको छ। भूकम्पीय जोखिममा रहेको जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई आगो नियन्त्रण र खोज तथा उद्धारका लागि आवश्यक सामग्री उपलब्ध गराई हस्तान्तरण गरिएको छ। 

आगो नियन्त्रणका लागि फाइयर फाइटिङ सुट, हेल्मेट, बुट, टर्च, अक्सिजन मास्क, सेफ्टी ग्लास, सिँढी, फायर स्ट्रिङरिसर्ट, फायर बल, फायल ब्ल्यांकेट, फयर रेक्स्यु रुफ, दमकलका लागि आवश्यक पाइप, नुजललगायतका सामाग्री १७ लाख ७५ हजार रुपैयाँमा अमरगढी नगरपालिकालाई उपलब्ध गराएको यूएसआईडीका सुदूरपश्चिम संयोजक प्रगति भट्टराईले जानकारी दिइन्। 

यस्तै प्रारम्भिक खोज उद्धारका लागि गैंची, बेल्चा, घन, सब्बल, मिप्याड, सेफ्टिबेल्ड, क्याबिना, थ्रोब्याग, बोकेट, इलेक्ट्रिक आरी, डोरी, हेल्मेट, ग्लोब्ज, बुट, स्टेचरलगायत प्राथमिक उपचारका गरी लागि १२ लाख रुपैयाँ लागतका सामग्रीहरू वडा कार्यालयहरूलाई उपलब्ध गराइएको रुडुक डडेल्धुराद्वारा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) ले जनाएको छ।

परियोजनाले दुईवटै वडामा चार सयको संख्यामा प्रकोप उद्धार स्वयम्सेवकसमेत तयार गरेको बताएको छ। समुदायका युवाहरूलाई प्राथमिक उपचार, खोज तथा उद्धारको तालिम सञ्चालन गरी स्वयम्सेवकहरू बनाएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउदले जानकारी दिए। 

भूकम्पीय जोखिम, व्यवस्थापन, आगो नियन्त्रण, विपद् जोखिम र व्यवस्थापनबारे समुदायमा समेत परियोजनाले सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ।

सिंगो नेपालनै भूकम्पीय जोखिममा रहेकाले अमरगढी नगरपालिकासमेत अछुतो नरहने भएकाले आगो नियन्त्रण र खोज तथा उद्धारमा काम लाग्ने सामग्री उपलब्ध गराउँदा विपद्का बेला निकै राहत पुग्ने अमरगढी नगर प्रमुख डिल्लीराज जोशीले बताए। 

विपद्का बेला खरिद गर्दासमेत आवश्यक सामग्री नपाउने अवस्थामा परियोजनाले आगो नियन्त्रण तथा उद्धारका सामग्री उपलब्ध गराउनु सराह्रनीय कार्य भएको बताए।

विपद्का बेला नेपाली सेना, प्रहरी घटनास्थल पुग्दा स्थानीय स्तरमा बनाइएका स्वयम्सेवकहरू विपद् व्यवस्थापनमा खटिँदा उद्धार गर्नमा सहज हुने जनाइएको छ। 

खतरा जति बेला पनि हुन सक्छ। यसलाई न्यूनीकरण गर्न र क्षतिबाट जोगाउन यस किसिमका सामाजिक कार्यहरूले ठूलो राहत हुने प्रमुख जिल्ला अधिकारी बताउँछन्। 

स्थानीय तह, गैरसरकारी संस्थालगायत जिल्ला विपद् व्यवस्थापन समितिसँग भएका विपद् व्यवस्थापन सामग्रीहरूको लेखाजोखा राखी तयारी अवस्थामा रहनुपर्ने प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति संयोजक विश्वराज न्यौपानेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.