मन्दिर जीर्णाेद्धारमा लापरबाही

मन्दिर जीर्णाेद्धारमा लापरबाही
सुन्नुहोस्

२१६ वर्ष पुरानो मन्दिरका बहुमूल्य काष्ठकला बिगारेर जीर्णाेद्धार गरिएको छ।

तानसेन : तानसेनको सार्वजनिक, धार्मिक, पुरातात्विक, पर्यटकीय महत्वको अमरनारायण मन्दिर जीर्णाेद्धारमा लापरबाही भएको छ।निर्माण व्यव्सायीले लापरबाही तरिकाले मन्दिरको जीर्णाेद्धार गर्दा सरोकारवाला निकाय तानसेन नगरपालिकाको ध्यान नपुगेको सर्वसाधारणले गुनासो गरेका छन्।

२०७८ फागुन २६ गते उक्त मन्दिर भत्किएको थियो।चौतर्फी दबाबपछि जीर्णाेद्धार सुरु भएको थियो।१८६३ सालमा काजी अमरसिंह थापाले निर्माण गरेको बहुमूल्य काष्ठकलाको मन्दिर चालू आवको बजेटबाट तानसेन नगरपालिकाले १ करोड ५ लाख २९ हजार बजेटमा रत्न निर्माण सेवा काठमाडौंले जीर्णाेद्धार गर्दै आएको छ।

पुनर्निर्माण भएको मन्दिर २०७८ फागुन २६ गतेको जस्तो छैन।मन्दिरको सबैभन्दा आकर्षक काष्ठकलाको रूपमा कुँदिएका टुँडाल पहिले जस्तै गरी राखिएका छैनन्।पुराना बहुमूल्य काष्ठकलाका टुँडालहरू काटिएका छन्।प्यागोडा शैलीमा निर्माण भएको मन्दिरमा पित्तलको छाना छोटो बनाइएको छ।टुँडालका देवीदेवताको कुनै भागमा एउटा हात छ भने अर्काे भागमा चारवटा हात छन्।कतै दुईवटा हात कतै तीनवटा छन्।कुनैमा रङरोगन छ त कुनैमा छैन।कतै फुटेका इँटा छन् । सालको काठ प्रयोग गर्नुपर्नेमा अन्य काठ प्रयोग गरिएका छन्।त्यस्तै, मन्दिरमा रहेका बुहुमूल्य झ्यालहरू अस्तव्यस्त पारिएको छ।पुरातात्विक भावन जिर्णाेद्धार स्थलमा सुर्कीको प्रयोग गर्नुपर्नेमा सिमेन्टको प्रयोग भएको छ।

मन्दिर व्यव्स्थापन समिति निस्क्रिय अवस्थामा छ।मन्दिरका पुजारीले ७ महिना हुँदासम्म तलब पाएका छैनन्।मन्दिरको सरोकार राख्दै आएको नारायण युवा क्लव, वडा–२ को कार्यालयले पनि मन्दिर जिर्णाेद्धारको काममा चासो दिएको छैन।यसले स्थानीय चिन्तित बनेका छन्।मन्दिरका पुजारी फरिन्द्र लम्सालले पुरानो अवस्थाको मन्दिरको संरचना नरहेको बताए।‘मन्दिर जिर्णाेद्धारमा धेरै लापरबाही भएको छ।तर, सरकोरवाला निकायले आँखा चिम्लेका छन्।यो भन्दा दुःखद् कुरो के हुन सक्छ’, उनले भने ।

तानसेनका संस्कृतीकर्मी राजेन्द्र गोपाल सिंहले पुरातत्वको भावनाविपरीत मन्दिरको जिर्णाेद्धार गरिएको बताउँदै करोडांै रुपैयाँमा पनि किन्न नसकिने बुहमूल्य काष्ठकला गायब पारिएको बताए।तानसेन भजन संरक्षण समितिका उपाध्यक्ष चित्रवलीराम सुवालले मन्दिरको मौलिकता नाश गरेर जीर्णोद्वार गरिएको बताए।‘भत्किएको मन्दिर ठडिने काम मात्र भएको छ।तर, मौलिकता हराएको छ’, उनले भने।नागरिक अगुवा सूर्यबहादुर बोहोराले धार्मिक पार्कलाई स्थानीय सरकारको लापरबाहीले कुरुप बनाइएको भन्दै चिन्ता व्यक्त गरे ।

तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले व्यस्तताका कारण नियमित रूपमा मन्दिर जीर्णाेद्धार हेर्न नपाएको तर गलत तरिकाबाट काम भएको भए पुनः सुधार गरेर पुरानै अवस्थामा फर्काउने बताए।नपाका इन्जिनियर शिव शर्माले भने पुनर्निर्माणको नियमित अनुगमन, निरीक्षण गर्दै आएको बताए।मन्दिरको छाना भत्किनुमा सर्वसाधारणहरूले तानसेन नगरपालिकाको लापरबाही भएको दाबी गर्दै आएका छन्।

२०७० सालमा मन्दिरको गजुरमा सुन लेपन गर्दा लापरबाही तरिकाले खट बाँधेपछि मन्दिरमा पानी चुहिन थालेको र छानो अड्याउने टुँडालहरू कुहिएर भत्किएको सर्वसाधारणले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.