फागुन २७ देखि पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता हुने

फागुन २७ देखि पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता हुने
सुन्नुहोस्

काठमाडौं : यही फागुन २७ गतेदेखि पाँचौ पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। खेलको सम्पूर्ण तयारी पूरा भएको खेलकुद विकास समितिका अध्यक्ष ग्यास्वो साम्देन तामाङले बताए। 

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सातवटा टिमको सहभागिता रहनेछ। यस प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमशः ८० हजार र ५० हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडल पाउने छन्। 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

ग्रेट हिमालयन क्रिकेट एकेडेमीले उक्त प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याट्सम्यानलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.