महिलाको सुरक्षा,सम्मान र रोजगारी साझा अभियान : प्रदेश प्रमुख परियार

महिलाको सुरक्षा,सम्मान र रोजगारी साझा अभियान : प्रदेश प्रमुख परियार
कर्णाली प्रदेश प्रमुख तिलक परियार । तस्बिर : बिस्नप्रसाद न्यौपाने
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिलाको सुरक्षा,सम्मान र रोजगारी अहिलेको प्रमुख प्राथमिकता रहेको बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख परियारले सम्मान र रोजगारीलाई हाँसिल गर्न महिलाको आर्थिक,सामाजिक सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेको कुरालाई मनन् गर्दै सुरक्षा,सम्मान र रोजगारीलाई साझा अभियानको रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

उनले नेपाली जनताको महान जनयुद्ध र जनआन्दोलन आन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरणको क्षेत्रमा राजनीतिक रुपमा प्राप्त गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै लागि प्रेरक मानिएको बताएका छन् । 

त्यस्तै नेपालको कानुनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था पनि गरेको छ । उनले भनेका छन्, 'नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिला माथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरू अन्त्य गरी पुरुष र नारी बीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । '

नारी दिवसले नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरु पूरा गर्न हौसला प्रदान गर्ने विश्वास लिएको बताउदै प्रदेश प्रमुख परियारले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृति प्रथा र परम्परालाई निर्मुल गर्दै समानता र न्याय सुनिश्चत गर्न सबैले ध्यान दिनुपर्ने बताएका छन् । 

यस्तै अन्तर्राष्ट्रिय नारी दिवसले लैंगिक समानताका विषयलाई आत्मसात् गर्न सहयोग पुग्ने विश्वास लिएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु लैंगिक समानता कायम गर्ने,असमानता घटाउने,शान्ति कायम गर्ने र न्यायमा पहुच पुर्‍याउने जस्ता विषयहरू महिलाको हित संरक्षणमा केन्द्रित रहेको प्रदेश प्रमुख परियारको शुभकामना सन्देशमा उल्लेख छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.