राजदेवी मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ

राजदेवी मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ
सुन्नुहोस्

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित राजदेवी मन्दिर चोरी तथा डकैती गर्ने गिरोह पक्राउ परेको छ। 

जनकपुरधाम-ढल्केवर सडक खण्डअन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका नगरपालिका-१ रमदैया स्थित राजदेवी मन्दिरमा चोरी गर्ने समूह र चोरीका सामान तथा हातहतियारसहित गिरोह पक्राउ परेको हो। 

गिरोहमा पाँच जना छन्। उनीहरूले यसअघि पनि चोरी तथा डकैती गरेको हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको छ।  

पक्राउ पर्नेहरूमा धनुषाको क्षिरेश्वर नगरपालिका-५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहम्मद, विदेह नगरपालिका-४ सुन्दरपुरका २१ वर्षीय मोहम्मद हबगुल्ला शाह, कमला नगरपालिका-७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो, विदेह नगरपालिका-४ का २२ वर्षीय नर्सदिन साह र सोही ठाउँका ३० वर्षीय सरिफ मुसलमान रहेका छन्। 

उनीहरूले गत शनिबार राति १२ बजे रमदैयास्थित राजदेवी मन्दिरको ताला तोडेर चोरी गरेको अभियोगमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।

मन्दिरबाट देवीको चाँदीको प्रतिमा, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुनचाँदीको सरसामान चोरी गरेर लगेका थिए। 

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष अनुसन्धान टोलीले मन्दिरमा जडान भएको सीसीटीभी फुटेज तथा भिडियोहरूका आधारमा अभियुक्तहरूलाई पक्राउ गरेको हो। 

सुक्ष्म विश्लेषण गरी चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

उनीहरूको खोज तलास गर्ने क्रममा शुक्रबार राति सरिफ मुसलमानलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले योजनावद्ध तरिकाले भारततर्फ फरार हुन लागेको अवस्थामा जनकनन्दनी गाउँपालिका-३, महुवास्थित भारतीय सिमा नजिक रेल्वे ट्रयाकको बाटो हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानसहित नियन्त्रणमा लिइएको एसपी खड्काले बताए। 

उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल १ थान, गोली १ थान, नगद ११ हजार ५००, मोबाइल १३ थान रहेको छ। 

पक्राउ परेका उनीहरूको समूहले नै जनकपुरधाम उपमहानगरपालिका-१२ कुवास्थित हनुमान मन्दिरमासमेत चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.