मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ सार्वजनिक

मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ सार्वजनिक
सुन्नुहोस्

काठमाडौं (अन्नपूर्ण) : नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ (समालोचनासङ्ग्रह) कृति सार्वजनिक भएको छ । सुरभि साहित्य प्रतिष्ठानले ल्याएको उक्त कृति आइतबार साहित्यकार तथा पत्रकार विजय चालिसेको सभापतित्वमा राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । 

कार्यक्रममा लेखक मैनालीले आफूले सानैदेखि कलम चलाए पनि साहित्यिक समालोचनाको सुरूआत एसएलसीपछि नै गरेको बताए । ‘अभिव्यञ्जना यात्राप्रति’ (समालोचनासङ्ग्रह)  प्रकाशन गर्ने निधो भने झण्डै चार दशकअघि नै गरेको उनको भनाइ थियो  । उनले भने, ‘यसमा २०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरिएको छ । मेरो लेखन यात्रा निरन्तर चलिरहनेछ ।’ समालोचक मैनालीले यस कृतिमा विभिन्न विषयवस्तु, स्रष्टा तथा स्रष्टाका लेखबारे ३२ ओटा शीर्षकमा समालोचनात्मक लेख प्रस्तुत गरेका छन् । 

कार्यक्रममा कृतिबारे समालोचक डा. लेखप्रसाद निरौला र ठाकुर शर्माले समालोचनासङ्ग्रको विस्तृत समीक्षा गरेका थिए । समालोचक निरौलाले कृतिबारे बोल्दै यस कृतिमार्फत् मैनालीले नयाँ शिल्प, शैलीबाट पनि समालोचना गर्न सकिन्छ भन्ने देखाएको बताए । उनले भने, ‘यो विषयवस्तुका दृष्टिले मेघदूतदेखि अहिलेसम्मको लामो इतिहासलाई पनि समेट्नु भएको छ । लेखकले लेखकभन्दा पाठकलाई अझै माथिल्लो स्तरमा राखेर पाठकलाई अध्ययनशील बनाउने जमर्को गर्नुभएको छ ।’

समालोचक शर्माले यस कृतिमा समालोक मैनाली स्रष्टा र द्रष्टा दुवै भएको बताए । उनले भने, ‘यो कृतिमा लेखक स्रष्टा र द्रष्टा दुवै रूप रूपमा आउनु भएको छ । त्यसैले यो कृति विशिष्ट छ ।’ उनले समालोचनालाई शास्त्रीय रूपमा हेर्ने र प्राध्यापकीय कर्मका रूपमा लिने परम्पराबाट माथि उठेर पूर्वीय एवं पश्चात्य कला मान्यता, दृष्टिकोण, सिद्धान्त, प्रभाव र प्रयोजनको व्यापक आयाममा मैनालीले समालोचना गरेको बताएका थिए  । त्यस्तै, कोइरालाले मैनालीका सिर्जना र पुुनर्सिर्जनामा समाजलाई मार्गदर्शन गर्ने ताकत रहेको, प्रज्ञा र अभिव्यञ्जनाको सन्तुलन रहेको बताए । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्वान, कूटनीतिज्ञ तथा भाषाविद् जयराज आचार्य, विशिष्ट अतिथिमा कवि तथा पूर्वमुख्य सचिव डा. विमल कोइराला, अतिथिमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण भने अच्युत घिमिरेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.