अदालतको अनुमतिसँगै क्यानले सन्दीपलाई युएई पठाउने प्रक्रिया थाल्यो

अदालतको अनुमतिसँगै क्यानले सन्दीपलाई युएई पठाउने प्रक्रिया थाल्यो
सुन्नुहोस्

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेलाई युएई पठाउने प्रक्रिया थाल्ने भएको छ। सर्वोच्च अदालतले विदेश जाने अनुमति दिएपछि क्यानले क्रिकेट खेलमा सहभागी गराउन प्रक्रिया थाल्ने भएको हो। 

क्यानका कार्यबाहक सदस्य दुर्गा पाठकले टिम व्यवस्थापकसँग छलफल अगाडि बढाएको बताए। उनले सकेसम्म छिट्टै युएई पठाउने बताए। 'सकेसम्म छिट्टै युएई पठाउने हाम्रो योजना हो। यसका लागि हामीले टिम व्यवस्थापकसँग छलफल गरिरहेका छौं,' उनले अन्नपूर्णसँग भने। 

युएईमा नेपाल, युएई र पीएनजी सम्मिलित त्रिदेशीय शृखंला सुरु भएको छ। नेपालमा राम्रो प्रदर्शन गरेपछि क्यानले सन्दीपलाई युएई भ्रमणमा लैजाने तयारी गरेको थियो। 

क्यानले त्यसको जिम्मेवारी लिनेसमेत अदालतमा अपील गरेको बताइएको छ। तर यसअघि जिल्ला अदालत काठमाडौंको आदेशका कारण सन्दिप युएई जान रोकिएका थिए। 

सन्दीपले युएई जानका लागि सर्वोच्चमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाई गर्दै खेलकुद गतिविधिमा सहभागी भएर १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिएको छ। सोमबारदेखि सुरु भएको खेलमा नेपाल र पीएनजीको खेल जारी छ। नेपाल जितका लागि पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.