मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
सुन्नुहोस्

फिदिम : मोटरसाइकल चोरीमा संलग्न आठजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर र तेह्रथुमको विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा पविर्तन गरेर सञ्चालन गर्नेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । 

तेह्रथुमको आठराई गाँउपालिका ४ का २३ वर्षीय श्रीप्रसाद तामाङ,१९ वर्षीय शिवकुमार तामाङ,२० वर्षीय सुरज पुर्वछाने मगर,२१ वर्षीय वासुदेव तामाङ, २१ वर्षीय पविन इङ्नामलाई प्रहरीले पक्राउ गरेको हो । 

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका १ घर भई आठराई ४ मा बस्दै आएका एनमान दियाली,इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पछिल्लो समयमा पाँचथरमा मोटरसाइकल चोरीका घटना बढिरहेका थिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.