बाजुरामा फैलियो दादुरा
बाजुरा : बाजुराको बूढीगंगा नगरपालिका–१ अम्कोटमा दादुराको लक्षण भएको रोग बालबालिकामा फैलिएको छ। बुधवार धुरालसैन आधारभुक्त स्वास्थ्य केन्द्रमा उपचारमा लागि आएका ७ जना बालबालिकामा दादुरा रोग जस्तो लक्षणहरू भएको बालवालिका उपचारमा आएको स्वास्थ्य केन्द्रमा कार्यरत अनमी बिन्दु बिष्टले बताएकी छन्।
उपचारमा आएका ७ जना बालबालिका अम्कोट गाउँमा रहेको एउटै टोलका रहेको अनमी बिष्टले बताइन्। स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा सबैमा एकैखाले लक्षण तथा चिन्ह रहेको स्वास्थ्यकर्मीले बताएका छन्।