साउदीमा अलपत्र सन्तोष स्वदेश फिर्ता

साउदीमा अलपत्र सन्तोष स्वदेश फिर्ता
सुन्नुहोस्

साउदी: बैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका कास्कीका सन्तोष थापा १४ वर्ष पछि स्वदेश फिर्ता भएका छन्।

१४ वर्ष अघि साउदीको क्यानटन चाईनिज रेष्टुरेन्टमा कार्यरत थिए। विगत १ सालदेखि सुगर र प्रेसरबाट थलिएका उनी कम्पनीले सहयोग नगरेपछि अलपत्र परेका थिए। थापा अलपत्र परेको खबर कास्की आदर्श सेवा समाज साउदीले खवर पाए लगत्तै आवश्यक प्रक्रिया पूरा गरी उनको उद्धार गरिएको हो। थापाको उपचारसहित कम्पनीले स्वदेश फिर्ता हवाई टिकट र बेनिफिटको व्यवस्था गरेको थियो।

त्यस्तै १५ हजार जरिवाना तिर्न नसकि अलपत्र परेका रोल्पा ५ का साउने कामीको पनि उद्दार गरिएको छ। सडक दुर्घटनामा घाइते भएका कामीको टाउकोमा चोट लाग्नुको साथै गाडी क्षेतिग्रत  भएको थियो। जरिवाना स्वरूप सम्बन्धित कम्पनीले १५ हजार रियल फाईन लगाउँदा सो रकम नतिरी स्वदेश फिर्ता हुन नपाउने कारणले उनी साउदीमा नै अलपत्र थिए। 

अलपत्र परेका कामीको उद्दारको लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, साउदीले नेपाली दूतावास र सामाजिक संघ संस्था सहकार्य गरी तिर्नु पर्ने १५ हजार रियल व्यवस्था गरेका थिए भने स्वदेश फिर्ताको लागि हवाई टिकटको व्यवस्था साउदीमा रहेको नेपाली ट्राभल्स हिमालयन टुर एण्ड ट्राभल्सले गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.