स्वास्थ्यमन्त्री बिरामी सुरक्षासम्बन्धी सम्मेलनमा भाग लिन स्वीटजरल्याण्ड प्रस्थान
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन्। स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी मंगलबार राति गएका हुन्।
सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका हुन्। मन्त्री गिरी सम्मेलनमा भाग लिइ यही फागुन १४ गते स्वदेश फर्कने छन्। रासस